ad ad

कारोबार


टारो ब्रान्डका बाइक तथा स्कुटरमा ‘प्रि-दसैँ, तिहार, छठ’ अफर

टारो ब्रान्डका बाइक तथा स्कुटरमा ‘प्रि-दसैँ, तिहार, छठ’ अफर

नेपालखबर
भदौ १०, २०८० आइतबार १६:३३, काठमाडौँ

इटालीयन डिजाइन र कन्सेप्टमा निर्मित टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक ओम मोटोकर्प प्रा.लि.ले प्रि–दशैं तिहार तथा छठ अफर सार्वजनिक गरेको छ।

टारो ब्रान्डका हाल नेपालमा उपलब्ध बाइकमा तीन भेरियन्टका बाइक र २ भेरियन्टका स्कुटर रहेका छन्।

आकर्षक लुक्स र फिचरमा उपलब्ध यी ब्राण्डका बाइक तथा स्कुटर प्रतिस्पर्धा मूल्यमै उपलब्ध रहेका छन्।

गत साल कोभिडको दौरान नेपाल भित्रिएको यस ब्रान्डले कोभिड र त्यसपछिको आर्थिक मन्दीको सामना गर्दै पनि यस सेगमेन्ट अन्तर्गतका आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा दिँदै आएको छ।

यसै सोच अनुरुप, कम्पनीले यस पालिको महान चाडको अवसरमा आफ्ना बाइक तथा स्कुटरमा आज (भाद्र १० गते) देखि लागू हुने गरी ‘रेभ अप योर सेभिङ विथ टारो’ नामक अफर सन्चालनमा ल्याएको जनाएको छ। जसमा ग्राहकहरुले २० हजारदेखि ६० हजारसम्म मोडल हेरी सिधै छुट पाउन सक्नेछन्।

साथै फाइनान्स तथा एक्सचेन्ज गरी नयाँ बाइक तथा स्कुटर खरिद गर्न चाहने उपत्यका भित्रका ग्राहकहरुको निमित्त ५ प्रतिशत ब्याजदर मै १८ महिने किस्ताको सुविधाको साथ आफूलाई मन परेको टारो ब्रान्डका बाइक तथा स्कुटर खरिद गर्न सकिने छन्। यस फाइनान्सिङ अफरलाई सरल तथा सहज बनाउन कम्पनीले उपत्यका भित्रका लागि तपाईंको बजारसँग सम्झौता गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .