ad ad

कारोबार


हिमालयन बैंकद्वारा ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

हिमालयन बैंकद्वारा ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

नेपालखबर
भदौ १०, २०८० आइतबार २०:११, काठमाडौँ

हिमालयन बैंकले कनेक्ट आईपीएरसँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरुका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ एचआई–एमबी एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन्।

सो अफर भाद्र १ गते देखि भाद्र ३१, २०८० गतेसम्म लागू हुनेछ। मोबाइल बैकिङ एपबाट फण्ड ट्रान्सफर  गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता छनोट गरिनेछ। उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

एचआई–एमबीको फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच/कनेक्ट आईपीएसको च्यानल प्ल्याट्फर्म मार्फत हुने गरेको छ  र उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन।

आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फत रु. १ करोड ४७ लाख भन्दा बढी भुक्तानी भइसकेको छ। मोबाइल बैंकिङ मार्फत प्रयोगकर्ताहरुले प्रति कारोबार प्रति दिन रु. दुई लाखको मात्र गर्न सक्नेछन्। हिमालयन बैंकको एचआई–एमबी एपमा हाल १लाख ७० हजार भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ताहरु रहेका छन्।

थप जानकारीका लागि बैंकको वेबसाइट मा हेर्न सकिन्छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .