ad ad

कारोबार


पर्यटक बसको टिकट अब अनलाइनबाटै, दैनिक २०० बसबाट सेवा

पर्यटक बसको टिकट अब अनलाइनबाटै, दैनिक २०० बसबाट सेवा

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८० बुधबार ११:१०, काठमाडौँ

टुरिस्ट बस एशोसिएशन अफ नेपालले अनलाइन माध्यमबाट टिकट काट्न सक्ने व्यवस्था गरेको छ।

टुरिस्ट बस नेपाल एप्स सञ्चालनगरी जुनसुकै ठाउँबाट टिकट काट्न सकिने भएको हो। 

पर्यटक बसले २०६७ असोजबाट संगठित भएर सेवा प्रदान गर्दै आएका छन्। 

काठमाडौंको वसन्तपुरस्थित झोँछे सडकबाट पर्यटकीय गन्तब्य पोखरा, सौराह, लुम्बिनी, जनकपुर लगायतका क्षेत्रमा बस गुड्छन्।

दैनिक २०० भन्दा बढी सार्वजनिक पर्यटकीय बस मार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिदै आएको एशोसिएशनले जानकारी दिएको छ। 

पछिल्लो समय विभिन्न अनलाइन माध्यमबाट टुरिष्ट बसको नाममा टिकट बुकिङगरी अन्य सार्वजनिक बसमा यात्रु पठाउने गरिएको गुनासो गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .