ad ad

कारोबार


नेपाल बैंक लिमिटेड र एसियाली विकास बैंकबीच सम्झौता

नेपाल बैंक लिमिटेड र एसियाली विकास बैंकबीच सम्झौता

नेपालखबर
भदौ १८, २०८० सोमबार १२:४८, काठमाडौँ

नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंकसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।

नेपाल बैंक लिमिटेडले एशियाली विकास बैंक (एडीबी) सँग एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रम (एडीबी टीएससीएफपी) अन्तर्गत सम्झौता गरेको छ।

कार्यक्रमले व्यापार वित्तीयको आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्र्तराष्ट्रिय व्यापार र विकासलाई टेवा पुर्याउने छ। २०२२ मा एडीबी टीएससीएफपीले गरेको १० हजारभन्दा बढी व्यावसायिक कारोबारहरू मार्फत ७.७ बिलियन डलर भन्दा बढीको व्यापारिक सहयोग मध्ये ६० प्रतिशत भन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेका थिए।

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एडीबी टीएससीएफपीसँग साझेदारी गर्ने पहिलो नेपालको सरकारी बैंक भएको छ र यो सम्झौताले २०० भन्दा बढी देशहरुबाट अन्र्तराष्ट्रिय व्यापार गर्न सहयोग प्रदान गर्नेछ।

नेपाल बैंक लिमिटेडको वित्तीय अवस्था, संस्थागत सुशासन, जोखिम र अनुपालनका मुख्य क्षेत्रहरूमा व्यापक छलफल र सहकार्यपछि एशियाली विकास बैंकसँग यो सम्झौता हुन सम्भव भएको बैंकले जनाएको छ।

सम्झौतामा एडीबी टीएससीएफपीका प्रमुख स्टिभन बेक र नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका थिए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भने, ‘हामी एसियाली विकास बैंकसँग व्यापार वित्तीय सम्झौता गर्न पाउँदा खुसी छौं र हामीले साना तथा मध्यम प्रकृतिका व्यवसायीबीच हाम्रो उपस्थितिलाई अझ बढाउँदै हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई सहयोग गर्न र कर्जा सुविधा उपयोग गराउन तत्पर छौं।’

समारोहमा एडीबी नेपाल रेसिडेन्ट मिशनका प्रमुख अर्नाउड हेकमनको उपस्थिति रहेको थियो।
                

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .