ad ad

कारोबार


मंगलबार नेप्सेसँगै कारोबार पनि खुम्चियो

मंगलबार नेप्सेसँगै कारोबार पनि खुम्चियो

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०८० मंगलबार १५:५८, काठमाडौँ

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ।

आज नेप्से ६.४५ अंकले घटेर १९६१.३७ बिन्दुमा अडिएको हो। नेप्से परिसूचकमा गिरावट आएसँगै कारोबार समेत खुम्चिएको छ। 

अघिल्लो कारोबार दिन १ अर्ब ७ करोडको कारोबार आज ७९ करोडमा खुम्चिएको छ।

आज कारोबारमा आएमध्ये ७१ कम्पनीको सेयरमूल्य बढेको छ भने १५१ कम्पनीको सेयरमूल्यमा घटेको छ। त्यसैगरी ७ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ। 

एनएमबि माइक्रोफाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी नरुडे लघुवित्तले सेयरमूलय ९.८५ प्रतिशतले बढेको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रोमोटर सेयरको सर्वाधिक ७ करोड ५८ लाखको कारोबार भएको छ। आज नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज र सिद्धार्थ बैंकको सेयरमा सर्वाधिक खरिद माग थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .