ad ad

कारोबार


‘दराज लाइक न्यू’ को सुरुवात

‘दराज लाइक न्यू’ को सुरुवात

नेपालखबर
भदौ २०, २०८० बुधबार १३:४०, काठमाडौँ

अनलाइन मार्केट दराज नेपालले आफ्नो नयाँ उद्यम ‘दराज लाइक न्यू (डीएलएन)’ को सुरुवात गरेको छ।

यही भदौ १९ मा हयात प्लेसमा आयोजित कार्यक्रममा दराजले सो घोषणा गरेको हो।

बजारमा डीएलएनको परिचयले स्थानीय बिक्रेताहरूलाई सहयोग गर्ने मुल ध्येयका साथ दराजले यो नयाँ उद्यम सुरुवात गरेको जनाएको छ। प्रयोग गरिएका फोनहरू बिक्री गर्नको लागि प्लेटफर्म प्रदान गरेर, दराजले स्थानीय उद्यमीहरूलाई सशक्त बनाउँछ।

यसले बिक्रेताहरूलाई उच्च गुणस्तर, मूल्य र मापदण्डहरू पूरा भएका फोनहरू किन्न सक्षम बनाउँछ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा ई–वेस्ट व्यवस्थापन अभियन्ता डा. ज्योति गिरीले दराज र डीएलएनलाई ई–वेस्ट  न्यूनीकरण गर्नको लागि गरिएको भूमिकाको लागि प्रशंसा गरेका थिए। त्यसैगरी, डीएलएनको लागि दराज प्लेटफर्ममा बिक्रेता तथा ‘सबको फोन’ का संस्थापक उत्तम काफ्लेले प्रयोग भएका फोनको बिक्री वितरणमा ढाढस पुग्ने भन्दै प्लेटफर्म उपलब्ध गराएकोमा दराजप्रति आभार व्यक्त गरे।

पारदर्शिता र कार्य सम्पादन सम्बन्धी विषयमा डीएलएनले प्रयोग गरिएको फोनहरु प्रदान गर्ने मात्र भन्दा पनि ग्राहकहरुको लगानीमा पारदर्शिता प्रदान गर्नको लागि डीएलएन बिल समावेश हुन्छ, जसले ग्राहकहरूलाई उनीहरूको लगानीमा अन्तर्दृष्टि दिन्छ।

दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले किनमेलमा मात्र नभई समाजमा योगदान पुर्याउन पनि परिवर्तनको पहल पनि गर्न दराज सधैं अगाडि रहेको बताइन्।

‘हामीले हाम्रो प्लेटफर्म मार्फत गुणस्तरीय प्रविधि धेरै भन्दा धेरै मानिसहरूलाई पहुँचयोग्य बनाउँदै अव्यवस्थित बजारलाई व्यवस्थित गराउदै दिगोपनलाई पनि सन्तुलनमा राख्ने लक्ष्य राखेका छौँ।’

दराज लाइक न्यूले (डीएलएन) ‘टेक’ बजारमा नयाँ परिर्वतन, गुणस्तर, र लाभदायी मूल्यमा सामान प्रदान गर्ने प्रणय गरेको छ। यस पहलले अब ग्राहकहरुलाई प्रयोग गरिएका फोनहरूको अवधारणा उजागर गराउँदै उनीहरुमाझ यसप्रतिको विश्वास र सन्तुष्टि जगाउने कम्पनीको विश्वास छ।

यही पहलमार्फत दराज नेपालले ‘टेक’ बजारमा गुणस्तरीय, किफायती, र दिगो उन्नतीतर्फ अग्रसर गराउने योजना तयार गरेको स्पष्ट पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .