ad ad

कारोबार


भन्सारको सबै कारोबार बैंकिङ प्रणालीमार्फत, कुलमध्ये ५० प्रतिशत राजस्व भन्सारबाट 

भन्सारको सबै कारोबार बैंकिङ प्रणालीमार्फत, कुलमध्ये ५० प्रतिशत राजस्व भन्सारबाट 

नेपालखबर
माघ १०, २०७६ शुक्रबार ९:५९,

भन्सार विभागका महानिर्देशक सुमन दाहालले अब नेपाली भन्सारहरु ‘क्यास लेस’ भएको बताएका छन्। भन्सार दिवसका अवशमार भएको विशेष पत्रकार सम्मेलनमा महानिर्देशक दाहालले भन्सारहरुमा नगद कारोबार बन्द भएको बताएका हुन्।

पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँचपास हुने गरेकोमा अहिले सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत हुने गरेको उनले बताए।

‘भन्सार क्यास लेस भएको छ । पहिले पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँच पास हुन्थ्यो । अहिले सबै भन्सारमा बैंक सिस्टममा भुक्तानी हुन्छ । भन्सार प्रशासनले क्यास कारोबार गर्दैन । अझ बैंकसँग पनि जानु नपर्ने गरी डिजिटल पेमेन्ट मा काम गरिरहेक छौँ । यसका लागि राष्ट्र बैंक, मन्त्रालय र भन्सार विभागबीच छलफल भइरहेको छ’, उनले भने।

दाहालले नेपाल नेशनल सिंगल विण्डो सिस्टमको विकास भइरहेको र अबको केही समयपछि कार्यालयहरुको अन्तर्समन्वयमा देखिएको समस्या हल गर्ने बताए। सिस्टममा पहिलो चरणमा २१ भन्दा बढी कार्यालय एकै छातामुनि रहने भएकाले समुन्वयको अभाव नदेखिने उनले बताए।

कुल राजस्वको ५० प्रतिशत भन्सारबाट संकलन
यसैबीच, भन्सार विभागले नेपालमा भन्सार प्रशासनको व्यापार सहजीकरणपछि कुल राजस्वको ५० प्रतिशत राजस्व संकलन गर्न सफल भएको बताएको छ। नेपालमा आन्तरिक उत्पादनभन्दा आयात हिस्सा बढी भएकोले भन्सार विन्दुमा संकलन हुने राजस्वको अंश बढी देखिएको विभागको भनाइ छ।

नेपाली भन्सारले वस्तु वर्गीकरणलाई प्रभावकारी बनाउन डब्ल्युसीओको एचएस कन्भेन्सनअनुसार वस्तु वर्गीकरण गर्दै आएको छ। त्यस्तै मूल्यांकनलाई प्रभावकारी बनाउन डब्ल्यूटीओ जीएटीटी भ्यालुएसन प्रिन्सिपललाई भन्सार ऐनमै व्यवस्था गरेको छ। त्यस्तै भन्सार घोषणा, जाँचपास र राजस्व संकलन स्वचालन प्रणाली आसिकुडा वर्ल्डमार्फत कार्यान्वयनमा गरिएको विभागले जनाएको छ। जाँचपासको जोखिम कम गर्न रिस्क मेनेजमेन्ट प्रणाली र पोस्ट क्लियरेन्स अडिट (पीसीए)लाई प्रभावकारी बनाएको विभागले जनाएको छ।

पछिल्लो समय भन्सारमा सूचना प्रविधिअनुसार अघि बढेको पनि विभागको भनाइ छ। वीरगञ्ज, विराटनगर, मेची, तातोपानी, जलेश्वर, भैरहवालगायतका स्थानमा आईसीपी, आईसीडी सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .