ad ad

समाज


गण्डकीमा घट्यो ट्रायल शुल्क

गण्डकीमा घट्यो ट्रायल शुल्क

नेपालखबर
माघ १०, २०७६ शुक्रबार १०:३६,

गण्डकी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिँदा तिर्नुपर्ने शुल्क घटाइएको छ।

यस अगाडि ट्रायल दिन कार प्रयोग गरेवापत रु ३०० शुल्क तिनुपर्नेमा अबदेखि रु २४ मात्रै शुल्क तिरेर प्रयोग गर्न सकिने भएको छ।

यातायात व्यवस्था कार्यालय गण्डकी र सनराइज ड्राइभिङ स्कुलअन्तर्गतको कुसुम सप्लायर्सको सहकार्यमा उक्त रकममा छुट प्रदान गर्न लागिएको हो। यही माघ १५ गतेबाट लागू हुनेगरी सम्झौता भएको सनराइज ड्राइभिङका अध्यक्ष वसन्त भट्टचनले जानकारी दिए।

चारपाङग्रे जिप, कार, डेलिभरी भ्यानका लागि पहिला रु ३०० तिर्नुपर्नेमा रु २४ मात्र शुल्क लिन शुरु भएपछि ट्रायल दिने सर्वसाधरणलाई राहत हुने भट्टचन भनाइ छ।

ट्रायल दिने क्रममा बसका लागि रु ७०० लिने गरिएकामा रु १८९, मिनीबसका लागि पहिला रु ६०० लिने गरिएकामा अब रु १२४ र ट्र्याक्टरका लागि रु ५०० लिने गरिएकामा अब रु ८९ शुल्क लाग्नेछ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र र सनराइज ड्राइभिङअन्तर्गतको कुसुम सप्लायर्सबीच गत पुस २३ गते सम्झौता भएको हो। नयाँ शुल्कमा ट्रायलमा उपलब्ध हुने गाडी नयाँ विशेषतासहितका हुने बताइएको छ। यस अगाडि पुराना मोडलका गाडीबाट ट्रायल दिनुपर्ने बाध्यता अब हट्नेछ । युरो मापदण्डका २०१९ मोडलका गाडी ट्रायलमा राखिनेछ।

पावर स्टेरिङ, एसी, पावर विन्डोज, एबीएस एण्ड इबिडी सिस्टम, एयर ब्याग, ८०० सिसी क्षमताको इन्जिन, ग्राउण्ड किलियरेन्स १८५ सिसी, व्याक सेन्सरलगायतका विशेषता भएका गाडी ट्रायलमा राखिने बताइएको छ।

यातायात व्यवस्था कार्यालय कास्कीका सूचना अधिकृत भरतराज काफ्ले बोलपत्र आह्वानबाट भएको यस कार्यले सेवाग्राहीलाई राहत हुने बताए। उनले भने, ‘पहिला पुराना मोडलका गाडी थिए, अब नयाँ गाडीबाट ट्रायल दिन पाइनेछ साथै ट्रायल शुल्क घटेको छ, यसबाट उपभोक्ता लाभान्वित हुनेछन्।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .