ad ad

कारोबार


हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-छिन्ताओ नियमित उडान

हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-छिन्ताओ नियमित उडान

हिमालय एयरलाइन्सको उडान सुरुवात गरिँदै


नेपालखबर
भदौ २४, २०८० आइतबार १२:२८, काठमाडौँ

नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एयरलाइन्स्ले काठमाडौं– छिन्ताओ–काठमाडौं उडान सेवाको उद्घाटन गरेको छ। निजी क्षेत्रको वायुसेवा कम्पनीले आइतबारदेखि काठमाडौंबाट चिनियाँ सहरमा नियमित उडान सुरु गरेको हो। 

हवाई सेवा विस्तारलाई एयरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्धन गर्ने एयरलाइन्सले जनाएको छ।

नयाँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वका लागि परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान कम्पनीले जनाएको छ। 

एयरलाइन्स्ले हरेक आइतबार  उडान सञ्चालन गर्ने छ। हिमालयनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गरेको थियो।

छिन्ताओकोे जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझ ५ः२२ बजे उक्त अवतरण गर्ने तालिका छ।

उडान अवधि ५ घण्टा ५० मिनेटको रहनेछ। पहिलो उडानमा कूल यात्रु संख्या एक सय थिए।

उडान सुरु गराउँदै मन्त्री किरातीले  हिमालय एअरलाइसको काठमाडौं– छिन्ताओ–काठमाडौं उडानले दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धताको उदाहरण भएको बताए। 

 उनले दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको हुँदा यो उडान सेवाले त्यस तर्फ निर्णायक भूमिका निर्वाह  गर्ने बताए।

‘हिमालय एअरलाइन्स्ले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु र यसै अवसरमा म छिन्ताओ बासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छ,’ किरातीले भने। 

चिनियाँ राजदूत चेङ सोङले काठमाडौं–छिन्ताओ–काठमाडौँ उडान सेवाको आरम्भ नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण  रहेको बताए। 

‘चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यस नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेछ र नेपललाई भूपरिवेष्ठितबाट भू-जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पुर्‍याउनेछ ,’ राजदुत सोङले भने,‘हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्नेछ। यस रुटले दुई देशबीचको मित्रता र सहयोगमा महत्वपूर्ण योगदान पुर्‍याउने कुरामा विश्वस्त छु।’

हिमालय एयरलाइन्सका अध्यक्ष एनयोङले दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्ने बताए। 

हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले हिमालयको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटन क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा स्वागत  गर्ने रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .