नेपालमा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले- निसान गाडीको नयाँ संस्करणहरू नाडा अटो शो २०२३ मा प्रदर्शन गरेको छ।
निसान गाडीको जेरो इमिसन सेकेन्ड जेनेरेसन निसान लिफ इलेक्ट्रिक गाडी, नाभारा प्रो फोर एक्स गाडीको विशेष ‘लाइफ स्टाइल एडिसन’ साथै नयाँ निसान म्याग्नाइटको नयाँ एएमटी भेरियन्ट सार्वजनिक गरिएको हो।
नेपाली बजारको आवश्यकता अनुरूप अत्याधुनिक अटोमोटिभ प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धताका साथ नेपालमा ४ वर्षपछि भईरहेको नाडा अटो शोमा सहभागिता जनाएको कम्पनीको भनाई छ।
पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले भने, ‘हाम्रा नेपाली ग्राहकहरूको रोजाई र प्राथमिकता अनुरूप आधुनिक मोबिलिटी सोलुसन प्रदान गर्ने प्रतिबद्धताका साथ नाडा अटो शो मा निसानका नयाँ गाडीहरू प्रदर्शन गरेका हौँ। हामीले सार्वजनिक गरेका नयाँ गाडीहरूले (इनोभेटिभ प्रोडक्टस्हरूले) विभिन्न फाइदाहरूका साथ ग्राहकको आवश्यकता तथा रोजाई पूरा गर्नुको साथै नयाँ ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास लिएका छौँ।’
निसान इन्डिया, सीबीयू र साउथ एसिया व्यापार इकाईका निर्यात प्रमुख रघुनाथदले भने, ‘नेपाल निसानका लागि प्रमुख बजार हो। हामी ‘डाइनामिक पर्फमेन्स’ का साथै सुरक्षा र आरामलाई सुनिश्चित गर्न उत्कृष्ट श्रेणीका कारहरू ल्याउन जारी राख्नेछौं। निसानले चाँडै नै यस चाडपर्वको अवसरमा सबै नयाँ एक्स ट्रेल इ–पावर सार्वजनिक गर्दैछ जसले शहरको ट्राफिकमा पनि आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्नेछ। निसान एक्स–ट्रेलको यो हाइब्रिड इ–पावर संस्करणले उत्कृष्ट कार्यकुशलता (इफिसियन्सि), आधुनिक सुविधा र आरामदायी इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्दछ।’
निसान नभाराको विशेष लाइफस्टाइल एडिसनले उत्कृष्ट डाइनामिक पर्फमेन्स, परिष्कृत ह्यान्डलिङ र इन्धन इफिसियन्सि प्रदान गर्दछन्। साथै यो गाडीमा, राम्रो एनभीएच (नोइज, भाइब्रेसन र हार्सनेस) कन्ट्रोल उपलब्ध छ जसले ड्राइभिङ अनुभव आरामदायी बनाउँदछ। नाभाराको यो विशेष संस्करणमा नयाँ डिजाइन गरिएको फ्रन्ट बम्पर, निसानको ट्रेडमार्क भी–मोसन ग्रिल, नयाँ हेडल्याम्प तथा नाभारा ब्रान्डिङको स्पोर्टि क्रोम ट्रिम समावेश छन्। धेरै टोविङ क्षमता र उच्च ग्राउन्ड क्लियरेन्सले गर्दा यो गाडी निकै आकर्षक देखिन्छ। नयाँ थ्रि–स्पोक स्टिरिङ ह्विल, नयाँ टिएफटी मिटर र ७ इन्चको मल्टि(इन्फरमेसन डिस्प्लेको साथमा इन्टेरियर मा स्पोर्टि अनुभव प्रदान गर्दछ।
निसान लिभ ईभीले तीन प्रमुख विषयमा उत्कृष्ट अनुभव प्रदान गर्दछ
इन्टिलिजेन्ट पावर
निसान इन्टेलिजेन्ट मोबिलिटीको साथ निसान लिफले उत्कृष्ट पावर डेलिभरी प्रदान गर्दछ। निसान लिफमा ४० किलोवाट आवरको लिथियमआयन ब्याट्री छ। न्यु युरोपियन ड्राइभिङ साइकल (एनईडीसी) मापदण्डका अनुसार उक्त ब्याट्रीले पूर्ण चार्जमा ३११ किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ। निसान लिफलाई, अल–इलेक्ट्रिक इ–पावरट्रेनले चलाउँदछ जसले ११० केडब्लु वा १५० पीएसको अधिकतम आउटपुट र ३२० एनएम इन्सटेन्ट टर्क प्रदान गर्दछ।
१४० किमि प्रतिघण्टाको उच्च गतिमा पुग्न सक्ने निसान लिफलाई ० बाट १०० किलोमिटर प्रतिघण्टाको गतिमा जान जम्मा ७.९ सेकेन्ड लाग्छ। चार्ज गर्न सजिलो र सुविधाजनक हुनेगरी निसान लिफमा धेरै चार्जिङ विकल्पहरू प्रदान गरिएको छ। निसान लिफसँगै आउने युनिभर्सल चार्जिङ केबलको साथ घरको वाल–आउटलेट मार्फत १५ देखि १८ घण्टामा पूर्ण चार्ज गर्न सकिन्छ। क्विक–चार्जिङ स्टेसनहरूमा जाने हो भने निसान लिफलाई ४०देखि ६० मिनेटमा पूर्ण चार्ज गर्न सकिन्छ।
इन्टिलिजेन्ट ड्राइभिङ
निसान लिफको इ–पेडल गाडी चालकहरूका लागि एउटा स्वागतयोग्य नवीनता हो। यो सुविधाले चालकहरूलाई एक्सेलेटरमा लगाईएको दबाब बढाएर वा घटाएर केवल एउटा पेडल प्रयोग गरी गाडी स्टार्ट गर्न, गति बढाउन, घटाउन र रोक्न सहज बनाउँदछ। जब एक्सेलेटर पूर्ण रूपमा रिलिज हुन्छ, रिजेनेरेटिभ ब्रेक र फ्रिक्सन ब्रेकले स्वचालित रूपमा कारलाई रोक्दछ। यसो हुँदा खुट्टा एक पेडलबाट अर्कोमा सर्ने आवश्यकता कम भई ड्राइभिङ सरल र थप सुविधाजनक हुन्छ। निसान लिफ को यो विशेषता शहर ट्राफिकको लागि निकै उपयुक्त हुन्छ।
निसान लिफमा ‘इन्टिलिजेन्ट’ ड्राइभिङ असिस्टेन्स सुविधाहरू पनि भरिएको छ जसले चालकहरूलाई ड्राइभिङ गर्दा थप आत्मविश्वास प्रदान गर्दछ। यी सुविधाहरूमा इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट अराउन्ड भ्यू मनिटर, हाई बीम असिस्ट र हिल स्टार्ट असिस्ट समावेश छन्।
यसमा इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, इन्टेलिजेन्ट ड्राइभर अलर्टनेस, रियर क्रस ट्राफिक अलर्ट, ब्लाइन्ड स्पट वार्निङ, लेन डिपार्चर वार्निङ, इन्टेलिजेन्ट लेन इन्भेन्शन र इन्टेलिजेन्ट ट्रेस कन्ट्रोल जस्ता विशेषताहरू छन् जसले चालक र यात्रु दुवैको सुरक्षा सुनिश्चित गर्न मद्दत गर्दछ।
निसान लिफमा ‘डुअल–टोन बडी’ र यसको प्रतिष्ठित ‘फ्लोटिङ रुफ’ सहितको आकर्षक डिजाइन छ। ‘इभि ब्लु एक्सेन्ट’ र ग्रिलले गाडीलाई अझ आकर्षक बनाउँदछ । साथै, भित्र इन्टेरियरमा पाँच जनाको लागि पुग्ने फराकिलो सिट रहेको छ।
निसान लिफसँग भेहिकल टु एभ्रिथिङ्ग (भी२एक्स) प्रविधि पनि छ जसको साथमा लिफ ब्याट्रीबाट पावर, घर र उपकरणहरूमा प्रयोग गर्न वा पावर ग्रिडमा फिर्ता गर्न ‘बी डाइरेक्सनल चार्जिङ’ गर्न मिल्छ।
निसान लिफ तीन वर्षको वा पहिलो एक लाख किलोमिटर (जुन पहिले आउँछ) को गाडी वारेन्टि र आठ वर्षको वा पहिलो १ लाख ६० हजार किलोमिटर (जुन पहिले आउँछ) को ब्याट्री वारेन्टीसहित आउँछ।
बिग, बोल्ड र ब्युटिफुल निसान म्याग्नाइटको नयाँ भेरियन्ट रङमा विभिन्न रङको विकल्पसहित प्रदर्शन गरिनेछ। सेसेल्स, बंगलादेश, युगान्डा र ब्रुनाईमा हालैको निर्यातको साथ, सबै नयाँ म्याग्नाइट भारतबाट १५ विश्वव्यापी बजारहरूमा निर्यात गरिन्छ। हालका वर्षहरूमा, निसान इन्डियाले आफ्नो प्राथमिक निर्यात बजार युरोपबाट साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान, कतार, बहराइन र कुवेत जस्ता मध्य पूर्वी देशहरूमा सारेको छ।
Shares
प्रतिक्रिया