ad ad

कारोबार


चाडपर्वमा टीसीएलले ल्यायो ‘सेलिब्रेट ग्रेटनेस योजना!’

चाडपर्वमा टीसीएलले ल्यायो ‘सेलिब्रेट ग्रेटनेस योजना!’

नेपालखबर
भदौ २९, २०८० शुक्रबार १२:५५, काठमाडौँ

ओम्दियाबाट प्रमाणित एन्ड्रोइड टिभी ब्रान्ड टीसीएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत ग्राहकहरुले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकहरुले यो योजनाको लाभ भाद्र २६ गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्नेछन्।

ग्राहकहरुले‘सेलिब्रेट ग्रेटनेस’ योजना अन्तर्गत टीसीएलको कुनै पनि टेलिभिजनको खरिदमा रु ४४ हजार ७०० सम्मको आकर्षक छुट पाउन सक्नेछन्।

त्यस्तै, वाशिङ मेसिन खरिदमा रु. १४ हजार ४०० सम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन्। यसका साथै ग्राहकहरुले टीसीएल को सम्पूर्ण क्याटागोरीको एयर कन्डिसनरको खरिदमा रु ५६ हजार ८०० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै रु ४ हजार बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन्।

र, ग्राहकहरुले टीसीएलको साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा रु. ३१ हजार ८०० सम्मको आकर्षक क्यासब्याक पाउनुका साथै सिजि इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने सक्नेछन्। साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुबिधा पनि प्रदान गरेको छ।

त्यसै गरि शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले ‘सीजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउनु सक्नेछन्।

यी सुविधाका लागि ग्राहकहरुले लिंक मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।

नेपाल अधिराज्यभर टीसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी ईओएल रहेको छ। सीजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, कीर्तिपुर, हातिगौंडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु, नयाँ बजार र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .