आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले बढेको हो।
आज छापावाल सुन तोलाको एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। शनिबार छापावाल सुन तोलाको एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुन तोलाको एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको मूल्य आज तोलामा पाँच रुपैयाँले बढेर एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
33
Shares
प्रतिक्रिया