ad ad

कारोबार


भद्रकालीस्थित सेनाको रिपुमर्दिनी पेट्रोल स्टेसनमा हिमालयन बैंकको डिजिटल भुक्तानी

भद्रकालीस्थित सेनाको रिपुमर्दिनी पेट्रोल स्टेसनमा हिमालयन बैंकको डिजिटल भुक्तानी

नेपालखबर
भदौ ३१, २०८० आइतबार १९:१३, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ।

बैंक र सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेसनबीच भएको सम्झौता अनुसार पेट्रोल स्टेसनमा आउने ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै उक्त काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

रिपुमर्दिनी पेट्रोल स्टेसनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकहरुले विभिन्न बैंकको मोबाइल बैंकिङ एपमा रहेको नेपालपे क्यूआर तथा सबै बैंकबाट जारी भएको एटिएम कार्ड मार्फत पीओएस मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् भने भुक्तानी प्राप्त भए पश्चात् नै भ्वाइस मेसिन तथा एसएमएस मार्फत क्रेता तथा बिक्रेताले भुक्तानी सम्बन्धी जानकारी प्राप्त गर्दछन्।

बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषको तर्फबाट कोषका सहायक रथि किरण केसीले एक समारोहबीच बैंक र कोषका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्तरुपमा उद्घाटन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .