साताको तेस्रो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२४ अंकले बढेको छ।
आज नेप्से १६.२४ अंकले बढेर १९८५.४३ विन्दुमा पुगेको हो। नेप्से परिसूचकसँगै कारोबार समेत बढेको छ। आज नेप्सेमा १ अर्ब १७ करोडको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन नेप्सेमा ८५ करोडको कारोबार भएको छ। कारोबारमा आएमध्ये १८२ कम्पनीको सेयरमूल्य बढ्दा ३६ कम्पनीको घटेको छ।
त्यसैगरी १० कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।
आज शुभव पावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक १० करोड ६ लाखको कारोबार भएको छ।
18
Shares
प्रतिक्रिया