ad ad

कारोबार


एसियन डेभलपमेन्ट बैंकले नेपाललाई १ सय मिलियन डलर ऋण दिने

एसियन डेभलपमेन्ट बैंकले नेपाललाई १ सय मिलियन डलर ऋण दिने

नेपालखबर
असोज ५, २०८० शुक्रबार १६:५६, काठमाडौँ

एसियन डेभलपमेन्ट बैंकले १०० मिलियन अमेरिकी डलर नेपाललाई ऋण उपलब्ध गराउने भएको छ। विकेन्द्रीकरणलाई प्रवर्द्धन र वित्तिय व्यवस्थापनका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउन लागेको हो। 

 २०२५ सम्म सार्वजनिक वित्तिय व्यवस्थापनलाई बलियो बनाउने गरी ऋण सहयोग गरेको छ।

नेपाली विनियम दरअनुसार १३ अर्ब २० करोड ऋण उपलब्ध गराउने निर्णय गरेको एडिबीका सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अर्थशास्त्री चन्दन सापकोटाले जानकारी दिए। 

‘एडिबीको कार्यक्रमले पूँजीगत खर्च बढाउन, सार्वजनिक संस्थाको वित्तिय जोखोम घटाउने,  वित्तिय पारदर्षीताकोलागि डिजिटाइज गर्न सहयोग पुग्छ,’ अर्थशास्त्री चन्दन सापकोटाले भने।

एडिबीले नेपालको पूँजीगत खर्च र ऋण व्यवस्थापनकोलागि सहयोग गर्दै आएको छ।

वित्तिय नीतिलाई संस्थागत, कानुनी ढाँचा र ऋण व्यवस्थापनका रणनीति, सार्वजनिक निकायको सुधार, टेन्डर प्रक्रियालाई विद्युतीयकरण, खर्चको डिजिटलाईज गर्न रकम खर्च हुने एडीबीले उल्लेख गरेको छ। 

एडिबीले १५ लाख डलर प्राविधिक साहायतका लागि अनुदानमा उपलब्ध गराउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .