ad ad

कारोबार


चौधरी ग्रुपले चीनबाट नयाँ विद्युतीय ब्रान्ड ‘स्मार्ट’ भित्र्याउँदै

नेपाली बजारमा तत्काल उतारिँदै स्मार्ट वान
चौधरी ग्रुपले चीनबाट नयाँ विद्युतीय ब्रान्ड ‘स्मार्ट’ भित्र्याउँदै

नेपालखबर
असोज ७, २०८० आइतबार १३:२३, काठमाडौँ

सिजी मोटर्सले नयाँ विद्युतीय ब्रान्ड ‘स्मार्ट’ नेपालमा भित्राएको छ। 

स्मार्ट मोर्टस मर्सिडिज बेच्चसँगको संयुक्त उपक्रममा गाडी उत्पादन गर्दै आएको छ। 

चौधरी ग्रुपका निर्देशक निवार्ण चौधरीले  स्मार्ट मोटससँग सहकार्य शुरु गरेको बताए। 

‘मर्सिडिज बेञ्चसँग ज्वइन्ट भेन्चर्स रहेको स्मार्ट मोटर्ससँग सहकार्य गर्न पाउँदा सिजी मोटर्स खुसी छ,’ ग्रुपका निर्देशक चौधरीले भने। 

विद्युतीय गाडी उत्पादन गर्न मर्सिडिज बेञ्च र गिली होल्डिङबीचको सहकार्यमा विश्वव्यापी ज्वाइन्टभेन्चर रहेको छ। कम्पनीले जर्मनी र चीनमा प्लान्ट स्थापना गरी गाडी उत्पादन गरिरहेको छ। 

सन् २०१९ मा स्थापना भएको कम्पनीले २०२२ बाट पहिलो विद्युतीय गाडी बजारमा ल्याएको थियो।

नेपालमा भने गाडी ल्याउन केही समय लाग्ने कम्पनीले जनाएको छ। कम्पनीले तत्काल नेपालमा स्मार्ट वान र त्यसपछि थ्री मोडल भित्र्याउने भएको छ। 

यस्तो छ स्मार्टको पहिलो मोडल 
स्मार्टले पहिलो गाडीको रुपमा एसयुभी स्मार्ट बजारमा ल्याएको छ। स्मार्ट १ को मोटर पिक पावर २०० किलोवाट रहेको छ।

गाडीको अधिकतम गति १८० किमी प्रतिघण्टा रहेको छ। २२ किलोवाटको चार्जरले ८० प्रतिशतसम्म चार्ज ३ घण्टामै हुने कम्पनीले उल्लेख गरेको छ।

फास्ट चार्जरबाट आधा घण्टामै फुल हुन्छ। एक पटकको फुल चार्जमा ४२० देखि ४४० किलोमिटर माइलेज दिने उल्लेख गरेको छ। 

गाडीमा ६६ किलोवाट आवारको ब्याट्री जडान गरिएको छ। एसी चार्जर २२ किलोवाटको र फास्ट चार्जर १५० किलोवाटको चार्जर सपोर्ट गर्ने कम्पनीले जनाएको छ। चार्जर सिसिएस टाइप २ स्ट्यान्डर्ड रहेको छ।

गाडीको लम्बाइ ४२ सय ७०, १८ सय २२ र उचाइ १६ सय ३६ एमएम छ। ह्वीलवेस १७ सय ५० एमएम रहेको छ। गाडीमा १२.८ इचको रिजुलेसन टच स्क्रिन छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .