ad ad

कारोबार


बजारमा चिनी अभाव, अनुगमन टोलीले भेटायो लेवलिङ नभएको ७० हजार केजी

बजारमा चिनी अभाव, अनुगमन टोलीले भेटायो लेवलिङ नभएको ७० हजार केजी

सांकेतिक तस्बिर


नेपालखबर
असोज ८, २०८० सोमबार १४:४१, काठमाडौँ

काठमाडौंको कुलेश्वरमा लेवलिङ नभएको ७० हजार किलो चिनी फेला परेको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा एक व्यापारिक फर्मले भण्डारण गरिराखेको अवस्थामा ७० हजार किलो चिनी फेला पारेको हो।

विभागका निर्देशक आनन्दराज पोखरेलका अनुसार ठूलो मात्रामा फेला परेको चिनीको बोरामा लेवलिङ छैन। बिक्री वितरणका लागि राखेको चिनीमा कैफियत देखिएको विभागले जनाएको छ।

‘७० हजार केजी चिनी एउटै गोदाम लेवलिङ नगरेको भेटियो,’ पोखरेलले भने,‘चीनको गुणस्तको लागि ल्याबमा पठाएका छौं।’

चिनीको बोरामा नेपाली ब्रान्ड भएपनि आयातित् हो वा नेपालकै भनी थप अध्ययन हुने उनले बताए।

विभागले अजोज १ गतेदेखि चाडपर्व लक्षित गरि अनुगमन सुरु गरेको छ।

चाडबाड लक्षित अनुगमनले नै कुलेश्वरमा ठूलो मात्रामा चिनी भेटेको हो।

अहिले बजारमा चिनी अभाव छ। यस्तो अवस्थामा ठूलो मात्रामा चिनी भेटिएको र केही बोरामा कैफित देखिएकोले गदोमलाई शिलब्नदी गरेको विभागले प्रेसविज्ञप्ती माफर्त जनाकारी गराएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कुलेशश्वर क्षेत्रमा एक व्यापारिक फर्मले बिक्री वितरणका लागि राखेको चिनी तथा दलहन मध्ये केही बोरामा कैफियत भेटीएकोले थप अनुसन्धानको लागि फर्मको गोदाममा सिलबन्दी गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .