ad ad

खेल


पहिलो हाफमा माल्दिभ्सविरुद्ध नेपाल २ गोलले अगाडि

पहिलो हाफमा माल्दिभ्सविरुद्ध नेपाल २ गोलले अगाडि

तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज ८, २०८० सोमबार १४:४२, काठमाडौँ

साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत मालदिभ्सविरुद्धको पहिलो हाफमा नेपालले अग्रता दोब्बर लिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार जारी खेलको पहिलो हाफ सकिदा नेपालले २–० ले अग्रता बनाएको हो।

नेपालका लागि प्रशान्त लक्सन र समिर तामाङले एक एक गोल गरे। 

त्यसअघि खेलको छैटौँ मिनेटमा निराजन धामीको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। त्यसको दुई मिनेट पछि निराजनकै प्रहार क्रसबारको थौरै माथिबाट बाहिरियो। 

१७ औं मिनेटमा प्रशान्त लक्सनको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। खेलको २७ औं मिनेटमा मालदिभ्सका कप्तान मोहम्मदको फ्रिकीक प्रहार नेपालका गोलरक्षक जियारथले सहजै बचाए। 

२९ औं मिनेटमा निराजन धामीको थ्रु पासमा पासमा समिर तामाङले उत्कृष्ट गोल गर्दै नेपालले अग्रता दोब्बर पार्यो। 

खेलको ३४ औं मिनेटमा नेपाल र मालदिभ्स १० खेलाडीमा सीमित भए। नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद यान हसनले सिधै रातो कार्ड खाँदै मैदान छाडे। 

मालदिभ्सका खेलाडीले हानेको लङ क्रसमा नेपालका सुजनले मालदिभ्सका मोहम्मदलाई धकेलेका थिए। त्यही क्रममा दुवै खेलाडीबीच झगडा हुँदा रेफ्रिले सिधै रातो कार्ड देखाएका थिए। 

सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेलमा स्पष्ट जितको आवश्यक छ। बराबरीले पनि नेपाल समुह चरणबाट नै बाहिरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .