ad ad

कारोबार


मुगुमा समिट एयरले पहिला टिकट बुकिङ गरेका डाक्टरलाई छाडेर माओवादी नेतालाई उडायो

मुगुमा समिट एयरले पहिला टिकट बुकिङ गरेका डाक्टरलाई छाडेर माओवादी नेतालाई उडायो

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०८० मंगलबार १०:४८, काठमाडौँ

मुगुको ताल्चा विमानस्थलमा समिट एयरले डाक्टरलाई भन्दा नेतालाई प्राथमिकता दिएको छ। 

डाक्टरले पहिला टिकट बुकिङ गरेको भए पनि समिटले माओवादीका नेतालाई नेपालगन्ज उडाएको हो। 

समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले डाक्टरहरुले टिकट बुकिङ गरेको भए पनि पहिला पूर्वमुख्यमन्त्रीले टिकट काटेकाले नेताहरुलाई चढाइएको बताए।

‘डाक्टरहरुको टिमले आजका लागि बुकिङ गराउनुभएको थियो’, प्रबन्ध निर्देशक कार्कीले भने, ‘तर पूर्वमुख्यमन्त्रीहरु छिटो आएर टिकट काटेकाले उहाँहरुलाई ल्याएका हौं। डाक्टरहरुले टिकट काटिसक्नुभएको थिएन।’

माओवादी केन्द्रका उपमहासचिव मात्रिका यादव, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, प्रकाशबहादुर शाही र धर्मराज शाहले प्राथमिकता पाएका हुन्।

‘डाक्टर पनि हाम्रा ग्राहक नै हुन्। आज सबैलाई ल्याउन सक्ने अवस्था भएन दुखित छौं,’ कार्कीले भने। 

डाक्टरको समूहले भने २ हप्ताअघि नै टिकट काटेको दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .