ad ad

कारोबार


जीडब्लुएमको टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प असोज १२ देखि

जीडब्लुएमको टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प असोज १२ देखि

नेपालखबर
असोज १४, २०८० आइतबार १३:७, काठमाडौँ

नेपालमा जीडब्लुएम सवारी साधनको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले जीडब्लुएमका सबै सवारीसाधनहरुका लागि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने भएको छ।

कम्पनीले यही असोज १२ देखि १८ सम्म आफ्ना प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप पावर र विद्युतीय ओरा ०३ जस्ता सवारी साधनको टेस्ट ड्राइभसहित एक्सचेन्ज क्याम्प सञ्चालन गर्न लागेको जनाएको छ।

यो क्याम्प जीडब्लुएमको काठमाडौं शोरुम थापाथली र भक्तपुर शोरुममा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म आयोजना हुनेछ, जसबाट कार उत्साहीहरुले टेस्ट ड्राइभको अनुभव गर्ने र एक्सचेन्जकोे विशेष अवसर प्राप्त गर्नेछन्।

यस क्याम्पले उत्साहीहरूलाई स्लीक हाभल एसयूभीदेखि शक्तिशाली ओरा ०३ ईभी र पोयर जस्ता विभिन्न प्रकारका सवारी साधनहरू परीक्षण गर्ने मौका प्रदान गर्दछ। चाहे सहरको यात्रा गर्दा होस् या अफ–रोडको यात्रा, जीडब्लुएमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टाले कम्पनीको नवाचार र अटोमोटिभ उद्योगमा उत्कृष्टताप्रतिको समर्पणलाई जोड दिँदै उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

ग्राहकहरूले यस क्याम्पमार्फत प्रभावशाली जीडब्लुएम लाइनअपको अनुभव लिँदै, दैनिक बोटको स्मार्ट वाच र एकजना भाग्यशाली विजेताले एमआई टिभी जित्ने अवसरहरूका साथै, एक्सचेन्ज बोनस, हरेक टेस्ट ड्राइभका साथ विशेष उपहारहरू, निःशुल्क सामानहरू,  आकर्षक नगद छुट, सजिलो वित्तीय सुविधा र  ओरा ०३ सँग ७केडब्लु फास्ट चार्जर जस्ता आकर्षक उपहार सुविधा पाउनेछन्।

कम्पनीका अनुसार जीडब्लुएमले भर्खरै नेपालमा आफ्नो विद्युतीय गाडी ओरा ०३ इभी ल्याएको छ, जसले ‘रेट्रो–मोर्डनिस्टिक डिजाइन अवधारणाको साथ ईभी प्रविधिको मिश्रणलाई मूर्त रूप दिएको छ। ओरा ०३ इभीले आफ्नो बाहिरी भागमा नरम रेखाहरू प्रदर्शन गर्दछ, जसले ब्रान्डको विशिष्ट पारिवारिक शैलीलाई प्रतिबिम्बित गर्दछ र आधुनिक रेट्रो डिजाइन मिश्रित छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .