गायक समीर आचार्य र गायिका शान्तिश्री परियारको स्वरमा रहेको नयाँ गीतको भिडिओ सार्वजनिक गरिएको छ।
सार्वजनिक ‘माया हो’ बोलको गीतमा गायक आचार्यकै संगीत र राम अविरल विष्टका शब्द छन्।
सुरेन्द्र मल्ल ठकुरी (एसएम) को कन्सेप्ट तथा निर्देशनमा बनेको भिडिओमा पुष्कर दाहाल र विमला खुजुम लिम्बु फिचर्ड छन्। पूर्वी धनकुटामा खिचिएको गीतको भिडिओमा देव दोर्जे लामाको छायांकन छ।
नेपमेलोले निर्माण गरेको भिडिओ उत्कृष्ट बनेको छ। यस गीतले समाजको पूर्वी नेपालको लिम्बु संस्कृतिको वास्तविकता बोल्छ। फरक शैलीको नयाँ गीत दर्शकमाझ दिन चाहने नेपमेलोले यसपटक पनि यो भिडिओमा एउटा फरक कथा बुनेको छ।
कहिले प्रेमको पीडा बोक्छ, त कहिले कथा भन्ने गरेको छ।
समीर आचार्य पछिल्ला केही समयमा सांगीतिक क्षेत्रमा हावी भइरहेका गायक हुन्। जसले ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देऊ न माया’, ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेऊ’ झम्के मायाजस्ता दर्जनौँ हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइसकेका छन्।
पहिलेका गीतहरू झैँ दर्शक/स्रोताले रुचाउनेमा विश्वस्त रहेका आचार्यले यो भिडिओ नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरेका छन्।
Shares
प्रतिक्रिया