ad ad

कारोबार


एमसीसीको टोलीलाई मन्त्री ज्वालाले भने– कार्यान्वयनमा कुनै शंका गर्नुपर्दैन

एमसीसीको टोलीलाई मन्त्री ज्वालाले भने– कार्यान्वयनमा कुनै शंका गर्नुपर्दैन

नेपालखबर
असोज १५, २०८० सोमबार १७:२, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद् र सरकारले निर्णय गरेको एमसीसी परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन्। 

नेपाल भ्रमणमा रहेकी एमसीसी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा जाने बताएका हुन्। 

‘नेपाल सरकार र सार्वभौम संसद्ले एमसीसी परियोजना पास गरिसकेको छ, परियोजनाको सफल कार्यान्वयनमा नेपाल सरकारले कुनै कमी गर्नेछैन,’ अमेरिकि पक्षसँग मन्त्री ज्वालाले  भने, ‘परियोजनामा केही समस्या छन् तर ठिक समयमा सुरु गरेर ठिक समयमा निर्माण सकेपछि अहिले उब्जिएका कतिपय समस्याहरू आफैं हल भएर जानेछन्।’ 

एमसीसी एक्जुकेटिभ डाइरेक्टर एलेक्स अलवाइडले एमसीसी परियोजना कार्यान्वयन भए आफू र आफ्नो देश पनि खुसी हुने बताइन्।

 ‘एमसीसी परियोजना कार्यान्वयनको चरणमा म नेपाल आएकी छु, नेपाल सरकारको सकारात्मक धारणाले म खुसी पनि छु’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .