ad ad

कारोबार


खाद्य व्यापार कम्पनीले आजदेखि काठमाडौंमा दसैँको लागि खसीबोका बेच्ने

खाद्य व्यापार कम्पनीले आजदेखि काठमाडौंमा दसैँको लागि खसीबोका बेच्ने

फाइल तस्बिर


नेपालखबर
असोज २९, २०८० सोमबार १०:९, काठमाडौँ

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि सुपथ मूल्यमा दशैंका लागि खसीबोका बिक्री सुरु गरेको छ।

दसैँमा उपभोक्तालाई उचित मूल्यमा स्वस्थ्यकर एवं गुणस्तरीय मासु उपलव्ध गराउने खसीबोको बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ। 

आजदेखि काठमाडौं उपत्यकाका ११ ठाउँका बजारमा खसिबोकाको बिक्री गरिने छ। उपभोक्ताले खरिद गर्ने खसिबोकाको स्वास्थ्य परीक्षणको लागि कम्पनीले पशु चिकित्सकसहितको टोलीसमेत परिचालन गरेको छ।

कम्पनीले कलंकी खसी बजार, बल्खु कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक र मूलपानीका बिक्री केन्द्रमा पशु चिकित्सकको टोली खटाएको छ। 

बिक्री केन्द्रमा नै गरिने अनुगमनका क्रममा स्वास्थ्यकर्मीले स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाउने कम्पनीले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .