ad ad

कारोबार


विष्णुकृष्ण श्रेष्ठको निधनले सिबिफिन स्तब्ध

विष्णुकृष्ण श्रेष्ठको निधनले सिबिफिन स्तब्ध

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार १६:४५, काठमाडौँ

एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको निधनप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले दुःख व्यक्त गरेको छ।

श्रेष्ठको ९४ वर्षको उमेरमा यही कात्तिक ६ गते, मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

उनको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपुरणीय क्षति पुगेको सिबिफिनले जनाएको छ।

‘कुशल नेतृत्व क्षमता, नविन एवं दुरदर्शी सोचहरुलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै आउनुभएका श्रेष्ठको निरन्तरको योगदानबाट एभरेष्ट बैंक दिगो, अब्बल र विश्वासिलो बैंककोरुपमा स्थापित हुन सफल भएको छ’ संस्थाले शुक्रबार विज्ञप्ति जारी गरी भनेको छ, ‘भारतीय पञ्जाव नेशनल बैंकलाई ज्वाइन भेञ्चरकोरुपमा नेपालमा प्रथमपटक सफलपूर्वक भित्र्याउनु भएका श्रेष्ठको उक्त पहलले बैंकलाई थप उचाइसमेत प्रदान गरेको छ।’

उनका युगान्तकारी कर्म र पहलहरु नेपालको बैंकिङ इतिहासमा स्वर्णिम अक्षरमा दर्ज हुने सिबिफिनले विश्वास व्यक्त गरेको छ।  

जीवनको अन्तिम समयसम्म पनि गुणस्तरीय, विश्वासिलो र सर्वसुलभ बैंकिङ सेवाको विकास एवं विस्तारमा क्रियाशील रहेका श्रेष्ठका उदाहरणीय कार्यहरु सबैका लागि उत्प्रेरणा र ऊर्जाको स्रोत बनिरहने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .