नेपाली क्रिकेट टोलीको हौसला बढाउन अर्ना बियरले विभिनन पुरस्कार घोषणा गरेको छ। भोली सोमबारबाट सुरु हुने टी–२० विश्वकप क्वालिफायरका लागि अर्ना बियरले विभिन्न पुरस्कारहरू घोषणा गरेको हो।
खेलमा नेपाली टोलीका खेलाडीलाई प्रति विकेट २५ हजार रुपैयाँ दिने अर्ना बियरले बताएको छ।
त्यस्तै प्रति मेडन ओभर खेलेमा १० हजार रुपैयाँ पाउने अर्ना घोषणा गरेको हो।
प्रति डट बल १ हजार रुपैयाँ दिने समेत आइतबार एक सूचनामार्फत बियर कम्पनीले जनाएको छ।
नेपाली टिमको ब्याटिङतर्फपनि हरेक १ रनको १ हजार दिने बताएको छ भने कम्पनीले प्रतिछक्का २० हजार, प्रतिचौका १० हजार दिने घोषणा गरेको हो।
411
Shares
प्रतिक्रिया