दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट एक्जियटा ग्रुप बाहिरिने भएको छ।
एक्जिएटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको हो।
एनसेलमा एक्जियटा ग्रुपको ८० प्रतिशत सेयर रहेको छ।
एक्जियटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक विवेक सुदले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको जानकारी दिए।
‘नेपालमा चुनौती बढ्दो छ,’ सुदले भने, ‘बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको छ।’
उनले नेपालमा रहेको ग्रुपको ८० सेयर विक्रीको लागि राखिएको बताएका छन्।
‘हाम्रो निर्णयले एक्जियटालाई थप मजबुद बनाउने छ। हाम्रा रणनीतिलाई प्राथमिकता दिने र सेयर होल्डरलाई दिर्घकालिन फाइदा हुने छ,’ सुदले भने।
426
Shares
प्रतिक्रिया