कृत्रिम बौद्धिकता (एआई) विस्तारसँगै समस्या समेत बढ्दो छ।
एआईमार्फत बनाएका भिडियो र तस्विरका कारण धेरै सेलिब्रेटीहरुले हैरानी खेप्नु परिरहेको छ। नेपाली अभिनेत्री अदिती बुढाथोकी एआईद्वारा बनाइएका नक्कली भिडियो र फोटोको सिकार भएकी छिन्।
अदितिले इन्स्टाग्राममा एक विज्ञप्ति निकाल्दै एआईको दुरुप्रयोग गरेर नक्कली भिडियो बनाएर आफ्नो चरित्र हप्या गरिएको भन्दै आपत्ति जनाएकी छिन्।
स्न्यापच्याटबाट आफ्नो नक्कली तस्विर र भिडियो सेयर गरेर दुस्ख दिने काम भएको उनले उल्लेख गरेकी छिन्।
‘अरुलाई खसाल्न केही मान्छेहरुले गरेको प्रयास देख्दा म निकै स्तब्ध र दुखी छु। लामो समयदेखि हालसम्म म यस्तो परिस्थितिको सामना गरिरहेकी छु। मैले समेसम्म यसलाई रोक्ने प्रयार गरे। तर, नक्कली स्न्यापच्याट आइडीबाट यस्तो काम भइरहेको छ। एआई र अरु गलत भिडियोको सहायताले मेरो चरित्र हप्या भइरहेको छ,’ उनले भनेकी छन्।
केहीअघि भारतीय अभिनेत्रीहरु रश्मिका मन्दाना, आलिया भट्ट, काजोल लगायतका अभिनेत्रीहरु एआईद्वारा निर्मित डिपफेक भिडियोको सिकार भएका थिए।
Shares
प्रतिक्रिया