नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति समीक्षामा भइरहेको ढिलाइबारे संसदको अर्थ समितिमा स्पष्टीकरण दिएका छन्।
अर्थ समितिको बुधबारको बैठकमा बोल्दै उनले अर्थ सचिव कृष्णहरि पुस्कर देशबाहिर रहेको अवस्थामा नीति समीक्षा ढिलाइ गरिएको बताएका हुन्।
‘अर्थ मन्त्रालय र गभर्नरको सम्बन्ध बिग्रिएको भन्ने हल्ला छ’, उनले बैठकमा भने, ‘अर्थसचिव पनि नेपालमा हुनुहुन्न। सोही कारण उहाँ बैठकमा सहभागी हुनुहुन्न। मौद्रिक नीति समीक्षा गर्न अर्थसचिव नभए पनि बोर्ड बैठकबाट पारित गर्न मिल्छ तर सम्बन्ध बिग्रिरहेको भन्ने हल्लाको समयमा किन मौद्रिक समीक्षा ल्याउनु भनेर ढिलाइ गरेको हो।’
यसअघि पनि उनले अर्थसचिव राष्ट्र बैंकको बोर्ड बैठकमा नआएको गुनासो गरेका थिए।
यो पनि :
गभर्नरको ‘ब्रिफ्रिङ’– बोर्ड सदस्य रहेका अर्थसचिवले समय नै दिँदैनन्
90
Shares
प्रतिक्रिया