ad ad

कारोबार


खुल्यो हिमालयन रि-इन्स्योरेन्सको आईपीओ, प्रतिकित्ता कति?

खुल्यो हिमालयन रि-इन्स्योरेन्सको आईपीओ, प्रतिकित्ता कति?

नेपालखबर
मंसिर २७, २०८० बुधबार १०:५४, काठमाडौँ

हिमालयन रि-इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने छ। कम्पनीले आजदेखि प्रिमियम मूल्यमा आईपीओ खुलाएको हो।

अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीले सेयर खुला गरेको हो।

सेयर बिक्री रोक्न माग गर्दै उच्च अदालत पाटनमा दायर रिटमा हिजो अन्तरिम आदेश जारी अस्वीकार भएसँगै आजबाट सेयर बिक्री खुलेको हो। कम्पनीले वैदेशिक रोजगारीमा गएकालाई यसअघि नै सेयर बाँडफाँड गरिसकेको छ।

कम्पनीले आज सूचना जारी गरी न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सक्ने जनाएको छ। कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ।

कम्पनीका अनुसार सेयर खरिदका लागि आवेदन पुस १ गतेसम्म खुला रहनेछ। त्यो अवधिसम्म सेयर बिक्री नभए ढिलामा पुस ११ गतेसम्मका लागि आवेदन खुला हुने जनाएको छ।

कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ छ। ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ।

हिमालयन रि निजी क्षेत्रको पहिलो पुनर्बिमा कम्पनी हो।

हिमालयन रि-इन्स्योरेन्सको यस्तो छ भावी रणनीति 
कम्पनीले आफ्नो सेवा विस्तारको क्रममा विविधता ल्याउँदै नाफा वृद्धि गर्न प्रयास गर्ने, व्यावसायिक तथा रणनीतिक साझेदारसँग सम्बन्ध स्थापित गर्ने तथा थप सुदृढ गर्ने, कम्पनीलाई विभिन्न अफ्रिकी तथा एसियाली मुलुकमा ब्रान्डिङ गर्दै व्यवसाय वृद्धि गर्ने, बिमामा स्रोतको विविधता, भौगोलिक विविधता, बिमाको प्रकारको विविधता तथा विभिन्न प्रकारको विविधता ल्याउने प्रयास गर्ने रणनीति बनाएको छ। 

यस्तै बिमा बजारको प्रामाणिक तथ्यमा केन्द्रित खोज तथा अनुसन्धान गर्ने, वर्तमान र नयाँ बजारको तथा ग्राहक वर्गको खोज गरी सेवा प्रवाह गर्ने, कम्पनीका लागि जग्गा खरिद गरी व्यावसायिक भवन निर्माण गर्ने रणनीति बनाएको छ। 

धितोपत्रको सार्वजनिक निष्कासनबाट प्राप्त रकम काठमाडौँ उपत्यकाभित्र नै जग्गा खरिद गरी कम्पनीका लागि व्यावसायिक भवन निर्माण कार्य यथाशीघ्र प्रारम्भ गर्ने रणनीति बनाएको छ। 

को को छन् सञ्चालक?
हिमालयन रि-इन्स्योरेन्समा अहिले ७ जना सञ्चालक छन्। जसमध्ये संस्थापक सेयरधनी ४ जना, स्वतन्त्र सञ्चालक १ जना र सर्वसाधारण समूहका सेयरधनीबाट निर्वाचित २ जना छन्।

कम्पनीको अध्यक्ष शेखर गोल्छा हुन्। उनको २० लाख कित्ता सेयर छ। 

जगदम्बा मोटर्स प्रालिका तर्फबाट शाहिल अग्रवाल सञ्चालक भएका छन्। उनको ३२ लाख कित्ता सेयर छ। कम्पनीको सञ्चालकमा अमित मोर छन्। उनको ६ लाख ५ हजार ३३४ कित्ता, सञ्चालक साक्षी वंशल गुप्ताको ४ लाख कित्ता सेयर भने स्वतन्त्र सञ्चालक सुभासकुमार झुनझुनवाला छन्। 

कुनको स्वामित्व कति? 
संस्थाको संस्थापक तथा सञ्चालकमा ३० व्यक्ति तथा निजी कम्पनी छन्। हिमालयन रि-इन्स्योरेन्समा अम्बर प्रोभेस्टमेन्ट प्रालिको ६७ लाख ८५ हजार कित्ता सेयर स्वामित्व छ। कम्पनीको प्रमुख सेयरधनीमा सुलभ अग्रवाल र सुभि अग्रवाल छन्।

यस्तै राष्ट्रिय वाणिज्य बैंकको ५० लाख कित्ता, नेपाल बैंकको ५० लाख, इन्फिनिटी होल्डिङ्सको ४५ लाख कित्ता सेयर छ। होल्डिङ्सको प्रमुख दीपक भट्ट हुन्। 

कम्पनीमा जगदम्बा मोटर्सको ३२ लाख कित्ता, विकास दुगडको २२ लाख कित्ता, जगदम्बा स्टिल्सको २२ लाख कित्ता, साफ्रोन सीके इन्भेस्टमेन्ट प्रालिको २० लाख कित्ता, हंशराज हुलासचन्द एन्ड कम्पनीको २० लाख कित्ता, आरएमसी कन्स्ट्रक्सन एन्ड इन्भेस्टमेन्ट प्रालिको १५ लाख कित्ता,  सशीकान्त अग्रवालको १५ लाख कित्ता, कार्भी ग्लोबल प्रालिको १३ लाख ५० हजार कित्ता, अटल फिन्कोर्प प्रालिको १३ लाख ५० हजार कित्ता, अकोर्ड फिन्कोर्प प्रालिको रिइन्स्योरेन्समा १३ लाख ५० हजार कित्ता, कालिका फिनकोर्प प्रालिको १३ लाख ५० हजार कित्ता, सौर्य सिमेन्ट इन्टरप्राइजेजको १० लाख कित्ता, सन्दीप अग्रवालको १० लाख कित्ता, राहुल ग्रवालको १० लाख कित्ता र विकास जेबी राणाको १० लाख कित्ता सेयर स्वामित्व छ। 

यस्तै शालिमा इन्भेस्टमेन्ट कम्पनीको १० लाख कित्ता, राजेश हार्डवेयर प्रालिको १० लाख, कैलाशप्रसाद सिरोहियाको १० लाख कित्ता, कीर्ति एपेक्स प्रालिको १० लाख, ओण्डर भेन्चर्स प्रालिको १० लाख कित्ता, उज्जीवन मर्चेन्ट प्रालिको १० लाख कित्ता र अजन्ता होल्डिङ्सको १० लाख कित्ता, एक्सप्रेस इन्भेस्टमेन्टको ९ लाख कित्ता, कामधेनु इन्भेस्टमेन्ट प्रालिको ९ लाख कित्ता, पशुपति मुरारकाको ७ लाख २५ हजार कित्ता र शिरीशकुमार मुरारकाको ७ लाख २५ हजार सेयर स्वामित्व छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .