सुन प्रतितोला ३ सय रुपैयाँ महँगो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख १९ हजार १ सय र तेजाबी सुन १ लाख १८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको हो।
अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख १८ हजार ८ सय र १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ। योसँगै चाँदी आज प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
33
Shares
प्रतिक्रिया