ad ad

कारोबार


नेपाल-भारत उद्योग संघ वीरगन्ज च्याप्टर र नवनियुक्त भारतीय कन्सुलरबीच भेटवार्ता

नेपाल-भारत उद्योग संघ वीरगन्ज च्याप्टर र नवनियुक्त भारतीय कन्सुलरबीच भेटवार्ता

नेपालखबर
माघ ५, २०८० शुक्रबार १७:९, काठमाडौँ

नेपाल-भारत उद्योग वाणिज्य संघ वीरगन्ज च्याप्टर र नवनियुक्त भारतीय काउन्सुलर जनरल देवी सहाय मीना बीच शिष्टाचार भेट भएको छ। 

नेपाल-भारत उद्योग वाणिज्य संघका उपनिर्देशक मार्शल राठौरका अनुसार शुक्रबार नवनियुक्त भारतीय काउन्सुलर जनरल मीना र संघको वीरगन्ज च्याप्टरको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको हो।

उक्त भेटमा च्याप्टरका अध्यक्ष अभिषेक चौधरी लगायत उपाध्यक्ष निरज अग्रवाल, कोषाध्यक्ष अवदेश सरावगी, का.स. सदस्यहरु अमित तिब्रेवाल, पंकज अग्रवाल सहभागी थिए। कन्सुलर अफिसमा कन्सुलर सतिश पटापुसहितको टोलीले नवनियुक्त कन्सुलर जनरल देवी सहाय मीनालाई ढाका टोपी, खादा तथा मायाको चिनोसहित स्वागत गरेका थिए। 

साथै वीरगन्ज-रक्सौल भन्सार नाका भएर हुने आयात-निर्यात व्यापारमा देखा पर्ने गरेका विभिन्न समस्याहरु समाधानार्थ विगतका दिनहरुमा पनि सहकार्य हुँदै आएकोबारे छलफल भएको थियो। यसबारे नव नियुक्त कन्सुलर जनरलको आगमनमा सहयोग र सहकार्य अझ बढी प्रभावकारी हुनुका साथै सोको निरन्तरता हुने विश्वास व्यक्त गरिएको जनाइएको छ।

उक्त भेटको क्रममा नवनियुक्त कन्सुलर जनरल देवी सहाय मीनाले वीरगन्ज जस्तो नेपाल-भारतको महत्वपूर्ण व्यापारिक क्षेत्रमा आफ्नो नियुक्ति र आफ्नो कार्यकाललाई सफल र परिणाममुखी बनाउन चेम्बरको पनि सहयोग अति महत्वपूर्ण हुने धारणा राखेका थिए। 

दुई देशबीचको आयातनिर्यातको क्षेत्रमा देखिने कुनै पनि समस्या आपसी सहयोगबाट हल गर्न सकिने र यसमा आफ्नो तर्फबाट हरसम्भव सहयोग रहने उनले बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .