ad ad

कारोबार


१७० चिनियाँ तीर्थयात्री लिएर गौतम बुद्ध विमानस्थलमा जहाज अवतरण

१७० चिनियाँ तीर्थयात्री लिएर गौतम बुद्ध विमानस्थलमा जहाज अवतरण

नेपालखबर
माघ ५, २०८० शुक्रबार २०:४०, काठमाडौँ

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ तीर्थयात्री लिएर जहाज अवतरण गरेको छ।

शुक्रबार १७० चिनियाँ तीर्थयात्री बोकेर आएको चार्टर्ड विमान सो विमानस्थलमा अवतरण गरेको नेपालका लागि चिनियाँ राजदूत छन सोङले जनाएका छन्।

लुम्बिनीमा आयोजित धार्मिक आदानप्रदान कार्यक्रममा भाग लिन चिनियाँ तीर्थयात्री नेपाल आएका हुन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणपछि राजदूत सङले खुशी प्रकट गर्दै ट्विट गरेका छन्, ‘चीन र लुम्बिनी बीचको नयाँ हवाई पुल, हाम्रो मनलाई नजिक ल्याउने पुल।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .