यती एयरलाइन्सले २ वटा एटीआर जहाज भित्र्याउँदै छ।
एयरलाइन्सले प्रतिस्पर्धा क्षमता विस्तार गर्न २ जहाज बंगलादेशबाट ल्याउन लागेको हो।
यती एयरलाइन्सले अहिले उडान गरिरहेका गन्तव्यमा उडान थप गर्ने योजना बनाएको छ।
यती एयरलाइन्ससँग हाल ५ वटा एटीआर ७२ जहाज छन्। नयाँ २ वटा जहाज थपसँगै ७ वटा एटीआर ७२ हुनेछन्।
सन् २०२५ सम्म १० वटा एटीआर ७२ जहाज पु¥याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
यतीले प्रमोटर सेयरधनी नै नयाँ भित्र्याएर पब्लिक कम्पनी बन्ने तयारी गरेको छ। कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा नियुक्त भइसकेका छन्।
यती एयरलाइन्स स्थापना भएको २५ वर्ष भइसकेको छ। आङ छिरिङ शेर्पाले यो एयरलाइन्सको स्थापना गरेका थिए।
कम्पनीले डीएचसी–६ ३०० ट्विनअटर, डोर्नियर २२०, वाई–१२, ईएमबी–११०, ईएमबी–१२०, साब–३४० बी, जेटस्ट्रिम जे–४१, डीएचसी–६ ४०० ट्विनअटर तथा एटीआर–७२ ५०० जहाजबाट उडान गरेको छ।
Shares
प्रतिक्रिया