ad ad

कारोबार


अमेरिकी डलरको भाउ बढ्यो, युरोको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, युरोको घट्यो

नेपालखबर
माघ १०, २०८० बुधबार ५:३५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनियमत दर सार्वजनिक गरेको छ। 

अघिल्लो दिनको कारोबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढ्दा युरोपियन युरोको भाउ घटेको छ। 

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ। मंगलबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रुपैयाँ २१ पैसा थियो। 

आज युरो १ को खरिदर १४४ रुपैयाँ २१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ। मंगलबार युरो १ को खरिददर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९९ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। मंगलबार बेलायली पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६९ रुपैयाँ २७ पैसा थियो। 

नेपाल राष्ट्र बैंकका अनुसार आज कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर३६ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। मंगलबार कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ २२ पैसा निर्धारण भएको छ भने बहराइन दिनार १ को खरिददर ३५२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३३५ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। 

त्यसैगरी साउदी अरेबियन रियाल १ को खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ भने अस्टेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .