ad ad

कारोबार


सुनको मूल्यमा देखिएन उतारचढाव, चाँदी १० रुपैयाँले बढ्यो

सुनको मूल्यमा देखिएन उतारचढाव, चाँदी १० रुपैयाँले बढ्यो

नेपालखबर
माघ १०, २०८० बुधबार ११:५५, काठमाडौँ

सुनको मूल्य लगातार चार दिन स्थिर देखिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबार पनि १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो। 

तेजाबी सुन पनि चार दिनयता १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार हुँदै आएको छ। 

बुधबार चाँदीको मूल्य भने १० रुपैयाँले बढेको महासंघले जनाएको छ। 

यसअनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको छ। यता अन्तर्राष्ट्रिय बजारमा सुन २०२९.६२ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .