ad ad

कारोबार


पुसमा सरकारले दियो २९ अर्ब २६ करोडको स्रोत सहमति, २७ करोड रकमान्तर (विवरण)

पुसमा सरकारले दियो २९ अर्ब २६ करोडको स्रोत सहमति, २७ करोड रकमान्तर (विवरण)

नेपालखबर
माघ ११, २०८० बिहिबार १३:१२, काठमाडौँ

पुस महिनामा सरकारले  बहुवर्षीय ठेक्काको स्रोतको ठेक्का सहमति र बजेटसँग सम्बन्धित सहमति गरेर २९ अर्ब २६ करोड रुपैयाँ बराबरको रकम सहमति प्रदान गरेको छ।

भौतिक पूर्वाधार, भूमि व्यवस्था, सहरी विकास, कृषि मन्त्रालय अन्तगर्तका आयोजनामा सहमति प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ। 

अर्थ मन्त्रालयका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका  ६ आयोजनाका लागि १३ अर्ब २५ करोड रुपैयाको सहमति प्रदान भएको हो।  

भूमि व्यवस्था , सहकारी, तथा गरिबी निवारण मन्त्रालयका नापी कार्यालयएको परियोजनाको लागि ४ करोड रुपैयाँ सहमति प्रदान भएको छ।

सहरी विकास मन्त्रालयले दुई परियोजनाको लागि ८० करोड रुपैया र कृषि  तथा पुशपंक्षी विकास मन्त्रालय अन्तर्गतको रासायनिक मल खरिको लागि १५ अर्ब १८ करोड रुपैयाँ थप सहमति प्रदान गरेको हो। 

त्यस्तै अर्थ मन्त्रालयको अनुसार पुस महिनामा २७ करोड रुपैयाँ बराबरको रकमान्तर भएको छ। भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय अन्तर्गतका विभिन्न परियोजनाको लागि १७ करोड ८१ रुपैयाँ बराबरको रकमान्तर भएको छ। 

सहरी विकास मन्त्रालयका ३ परियोजनाको लागि ९ करोड ४७ लाख रुपैयाँ रकमान्तर भएको अर्थमन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .