ad ad

कारोबार


आठौं वर्षमा खल्ती, नेपाली फिल्मसँग सहकार्य बढाउँदै

आठौं वर्षमा खल्ती, नेपाली फिल्मसँग सहकार्य बढाउँदै

नेपालखबर
माघ १२, २०८० शुक्रबार १५:१३, काठमाडौँ

खल्ती एपले स्थापनाको सात वर्ष पूरा गरेको छ। खल्तीले विगत ३ वर्षदेखि नेपाली फिल्मको प्रमोशनमा सहकार्य गर्दै आएको छ। 

३ वर्षमा खल्तीले ४० भन्दा बढी नेपाली फिल्मसँग सहकार्य गरेको छ। यो सहकार्यले खल्तीसँगै नेपाली फिल्मका निर्माता र कलाकारलाई पनि फाइदा भएको छ। 

खल्तीले केही नेपाली फिल्मको टिकट काट्दा ३५ प्रतिशतसम्मको हिस्सा लिँदै फिल्मको व्यापारमा सहयोग गरेको छ। 

यस्तै, फिल्म प्रमोशनमा पनि खल्ती एपले सहकार्य गर्दै आइरहेको छ। खल्तीले फिल्म ‘परस्त्री, हल्कारा, बिहे पास, छड्के २, छक्का पन्जा ४’ लगायत फिल्म रिलिजका क्रममा १० प्रतिशत क्यासब्याकको अफर ल्याएको थियो। 

यस्तै, फिल्म ‘बहाव’को रिलिजका क्रममा क्विजसमेत राखेर खल्तीले प्रमोशन गरेको थियो। खल्तीले फिल्म ‘महापुरुष’ रिलिजका क्रममा ‘आफ्नो महजोडी’को तस्बिर खिचाएर ट्याग गर्न आग्रह गर्दै यो फिल्मको २ वटा टिकट जित्ने अवसर दिएको थियो। 

फिल्म बहावका निर्माता श्रीधर पौडेलले भने,‘खल्तीले नेपाली फिल्मलाई साथ दिन थालेपछि मार्केटिङ नयाँ ढंगले बढेको छ। बहाव रिलिजका क्रममा खल्तीको साथले महत्वपूर्ण प्रभाव पारेको थियो।’

फिल्म ‘फूलबारी’सँग पनि खल्तीको सहकार्य भयो। खल्ती एपबाट ५० सेकेन्डमै फिल्मको टिकट काट्न सकिन्छ। यसैले, फिल्मको टिकट खरिदमा यो एप आएपछि दर्शकलाई निकै नै सहज हुने गरेको छ। 

यसको फाइदा नेपाली फिल्मले उठाएका छन्। फिल्म हेर्नका लागि प्रोत्साहन दिने उद्देश्यले खल्तीले थुप्रै अफरहरू समेत सार्वजनिक गर्यो। 

खल्तीबाट ५१ वटा हलहरुका १२० वटा पर्दामा सहजै टिकट काट्न सकिने भएकाले पनि दर्शकलाई सहज भएको छ। 

खल्तीले ल्याएको विभिन्न योजनामा नेपाली फिल्मका नाम चलेका कलाकारहरूले पनि सहकार्य गरे। जसबाट खल्तीका कारण दर्शक र कलाकारबिचको दुरीलाई नजिक बनाउन मद्दत गरेको छ। 

७ वर्षको यात्राका क्रममा ग्राहकको राम्रो साथ पाएको खल्तीले आगामी दिनमा पनि नेपाली फिल्मसँगको सहकार्यलाई निरन्तरता दिने बताएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .