ad ad

कारोबार


सञ्चार मन्त्रालयले माग्यो दूरसञ्चार प्राधिकरण अध्यक्षको लागि आवेदन

सञ्चार मन्त्रालयले माग्यो दूरसञ्चार प्राधिकरण अध्यक्षको लागि आवेदन

नेपालखबर
माघ १४, २०८० आइतबार ११:४५, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा आवेदन माग गरेको छ। 

पुरुषोत्तम खनालले राजीनामा दिएपछि खाली भएको पदमा मन्त्रालयले एक हप्ताभित्र आवेदन दिन माग गरेको हो। 

मन्त्रालयले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिनसक्ने उल्लेख गरेको छ। अध्यक्षको योग्यतामा शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी  सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएको हुनुपर्नेछ। 

तर सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा स्नातक गरी प्रथम श्रेणी, दशौँ तहभन्दा माथि काम गरेको अनुभव प्राप्त गरेको हुनुपर्नेछ। 

आवेदन दिँदा ५ हजार शब्दको व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ। दरखास्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शाखामा दिन सकिनेछ। 

उम्मेदवारले पेस गरेको व्यावसायिक कार्ययोजना, सोको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्यांकनका आधारमा नियुक्ति सिफारिस गरिनेछ। 

मन्त्रालयले सर्टलिस्ट गरी मन्त्रिपरिषद्मा पेस गर्नेछ। मन्त्रिपरिषद्ले एक जना अध्यक्ष नियुक्त गर्नेछ। मन्त्रिपरिषद्ले हाल नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .