सुचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारी मिडिया भन्नेबित्तिकै सरकारी भजनमन्डली जस्तो बुझ्ने गरिएको भन्दै त्यो बुझाइ अन्त्य गर्ने गरी तयारी भइरहेको बताएकी छिन्।
सोमबार शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समितिमा बोल्दै उनले सो कुरा बताएकी हुन्।
समितिको आजको बैठकमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकमाथि छलफल भइरहेको छ।
उक्त छलफलमा भाग लिँदै उनले भनिन्, ‘भजनमण्डलीजसरी बुझ्ने वा ग्रहण गर्ने अवस्था थियो। पछिल्लो समय सरकारी सञ्चारमाध्यमले जनताका कुराहरू पनि बोल्न सक्नुपर्छ भनेर लागेका छौँ।’
यो विधेयकमा ७६ वटा संशोधन परेका छन्। मन्त्री शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने गरी यो विधेयक ल्याइएको बताइन्।
‘रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने र जनोत्तरदायी बनाउनैपर्छ’, उनले भनिन्।
21
Shares
प्रतिक्रिया