ad ad

कारोबार


दक्षिणी सीमाक्षेत्रमा कडाई गर्न गृहमन्त्रीलाई नाडाको आग्रह

दक्षिणी सीमाक्षेत्रमा कडाई गर्न गृहमन्त्रीलाई नाडाको आग्रह

नेपालखबर
माघ १७, २०८० बुधबार १४:२१, काठमाडौँ

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका पदाधिकारीले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालको सीमामा कडाई गर्न आग्रह गरेका छन्।

खुल्ला सिमानाका कारण अवैध समान आयात भएकौ भन्दै कडाई गर्न उनीहरूले माग गरेका हुन्। 

 नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भारतबाट भारीमात्रामा अनधिकृत रुपमा लुव्रिकेण्टस, टायर तथा अटोमोवाइल स्पेयर पाट्र्सको आयात हुँदै आएको गुनासो गरेका छन्।

अध्यक्ष चौधरीले नेपालमा मालबाहक भारतीय ट्रक निर्बाध ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाबाट नेपाली व्यवसायीलाई अप्ठेरो परेको बताए। 

नेपालका मालवाहक सवारी साधनहरूको विक्री र त्यसको व्यवसायमा गम्भीर असर परेको भन्दै भारतीय मालवाहक साधनलाई नेपालमा २४ घण्टाको मात्र समयावधि र भन्सार बिन्दुबाट अधिकतम् १६ किमीसम्म मात्र सन्चालन गर्न दिने व्यवस्थाका लागि आग्रह गरेका छन्। 

नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले नेपाल-भारत खुल्ला सीमानाका कारण यसले नेपालका लुव्रिकेण्टस र टायर-ट्युब उद्योगलाई गम्भीर असर परिरहेको बताए।

ती वस्तुहरूको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरू व्यवसायमा टिक्नै गाह्रो भएको उनले बताएका छन्। 

गृहमन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधिलाई ७२ घण्टा पुर‍्‍याइएकोबारे समीक्षा हुने बताए। उनले सीमा नाकामा भइरहेको समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .