ad ad

कारोबार


सुदूरपश्चिम र लुम्बिनीमा एनसेलको फोरजी सुधार

सुदूरपश्चिम र लुम्बिनीमा एनसेलको फोरजी सुधार

नेपालखबर
माघ १८, २०८० बिहिबार १७:५२, काठमाडौँ

एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीयस्तर र क्षेत्रमा आफ्नो फोरजी सेवाको थप सुधार गरेको छ।

दुई प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकहरूले अब सुधारिएको फोरजी सेवामा पहुँच पाएका हुन्।

आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले यी स्थानहरुका फोरजी सेवामा थप सुधार गरेकोे हो ।

देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको छ ।

हाल फोरजी सेवा सुधार गरिएका स्थानिय स्तर तथा क्षेत्रहरुमा सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा रहेको छन्।

त्यसैगरी लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिदार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर रहेका छन्।

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ १८, २०७४ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो र हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरि सकेको छ र कुल जनसंख्याको ९२.०९ प्रतिशत जनतामाझ यो सेवा पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ र भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्याङ्कको आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ।

सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति पनि गर्दै आएको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .