नेपाल टेलिकमको भ्वाइस सेवाका ग्राहक गत मंसिर मसान्तसम्म २ करोड १८ लाख ४४ हजार ५ सय बढी पुगेका छन्।
त्यस्तै इन्टरनेट डेटा सेवाका ग्राहक सोही अवधिमा २ करोड १५ लाख ४४ हजार ३ सय बढी पुगेको टेलिकमले जनाएको छ।
भ्वाइस सेवातर्फ
कम्पनीको ग्राहक आधार २०८० मंसिर महिनाको अन्त्य सम्ममा २ करोड १८ लाख ४४ हजार ५ सयभन्दा बढी रहेको छ । सो मध्ये जीएसएम मोबाइलका ग्राहक २ करोड १२ लाख ४२ हजार र पीएसटीएन सेवाका ग्राहक २ लाख ६६ हजार रहेका छन् ।
त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक ३ लाख ३६ हजार रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता १ करोड ३९ लाख ६७ हजार छन् ।
इन्टरनेट डाटा सेवातर्फ
सो मध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १२ लाख ४१ हजार ८ सय, एडीएसएल सेवाका प्रयोगकर्ता २८ हजार ७ सय र एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता २ लाख ७३ हजार ७५३ रहेका छन् ।
यस अवधिसम्म आईपीटीभी प्रयोगकर्ता ३५ हजार १६४ छन् ।
Shares
प्रतिक्रिया