ad ad

कारोबार


वैशाखमा हाउजिङ सम्मेलन, महासंघले जारी गर्‍यो १९ बुँदे घोषणापत्र

वैशाखमा हाउजिङ सम्मेलन, महासंघले जारी गर्‍यो १९ बुँदे घोषणापत्र

नेपालखबर
माघ २८, २०८० आइतबार १४:२७, काठमाडौँ

नेपाल जग्गा तथा आवास विकास महासंघले आगामी वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने भएको छ। 

शनिबार पोखरामा १९ बुँदे घोषणपत्र जारी गर्दै सकिएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो माहासभा बैठकले वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने निर्णय गरेको हो। 

आइतबार दोस्रो महासभा बैठकका निर्णयहरुबारे जानकारी दिँदै महासंघका अध्यक्ष भेषराज लोहनीले महासभा सोचेको भन्दा व्यवस्थित, मर्यादित, शालिन र उपस्थितिको हिसावले र व्यवसायहरुलाई उत्साह प्रदान गर्ने कुरामा सफल भएको बताए। 

उनले संगठनलाई मजबुत बनाउने कुरामा पनि महासभा सफल भएको बताए। महासभामा ३३ वटा जिल्ला संघहरुसहित ५० जिल्लाका करिव ३५० भन्दा बढी प्रतिनिधि सहभागी भएको बताए। 

उनले घरजग्गालाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले राज्यलाई थप योगदान दिने ढंगले काम गर्नको लागि स्टक मार्केट जस्तै रियल स्टेट मार्केट गठन गर्नुपर्ने बताए। 

उनले याण्डपोलिङ, हाउजिङपोलिङ गरेर निजी क्षेत्रलाई सहभागी गराइ टाउनसिप गराउने ढंगमा सहकार्य गर्न आवश्यक रहेको उल्लेख गरे।

उनले भ्ने, ‘हामीले सोचेको भन्दा व्यवस्थित, मर्यादित, शालिन र उपस्थितिको हिसावले र व्यवसायहरुलाई उत्साह प्रदान गर्ने कुरामा र हाम्रा म्यासेज डेलिभर गर्ने कुरामा, संगठनलाई मजबुत बनाउने ढंगमा यी विभिन्न पक्षमा महत्वपूर्ण र सफल रह्यो।’ 

महासंघले पोखरा घोषणापत्रमा १९ बुँदे घोषणा पत्र जारी गरेको छ। त्यसमा महत्वपूर्ण रुपमा हामीले पटक पटक उठाउँदै आएको घरजग्गालाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले राज्यलाई थप योगदान दिने ढंगले काम गर्नको लागि स्टक मार्केट जस्तै रियल स्टेट मार्केट गठन गर्नुपर्छ, त्यसले काम गराउनुपर्ने उल्लेख छ। 

ल्याण्डपोलिङ, हाउजिङपोलिङ गरेर निजी क्षेत्रलाई सहभागी गराइ टाउनसिप गराउने ढंगमा सहकार्य गर्नुपर्ने लोहनीले बताए।। 

‘हदबन्दीको कुरा उठाएका छौँ । विदेशीलाई अपार्टमेण्टका कुरा उठाएका छौँ । यसले देशभरका व्यवसायीहरुका पीर,मर्का समस्याहरु सबै बुझेर वस्तुस्थितिबारे जानकारी लिन्छौँ र सरकारलाई जानकारी गराउने उद्देश्यले यो घोषणा पत्र जारी भएको हो’, उनले भने।  

वैशाखमा हाउजिङ समिट गर्ने तयारी गरिरहेको उनको भनाइ थियो। 

अध्यक्ष लोहनीका अनुसार दोस्रो माहासभा बैठकले रूपमा सुनिश्चित गर्ने, रियल इस्टेटलाई उद्योगको रूपमा विकास गर्ने, ब्रोकरेज नियमन र भूमि बजार सम्बन्धी कानून निर्माण गर्ने,जग्गाको हदबन्दी हटाउने, अपार्टमेन्ट बिक्रीको लागि कानूनी व्यवस्था गर्ने, कम्पनी दर्ता गरी कर कानूनको पालना गर्ने, वातावरणमैत्री सहरी विकास गर्ने, नयाँ सहरी विकास गर्ने, व्यक्ति निर्मित आवास प्रणालीको अन्त्य गर्ने, बहु–तले अपार्टमेन्ट एवं मिश्रित व्यावसायिक भवनहरूको विकासमा जोड दिइनेछ।  

त्यस्तै, सरलीकृतरुपमा कर्जा प्रवाह गर्ने, प्रशासनिक बाधा अढचनहरू हटाउने, सरकारी–निजी क्षेत्र बीचको सहकार्यमा जोड दिने, पोखरालाई मुलुकको पर्यटन राजधानी बनाउने, विशेष आर्थिक क्षेत्र स्थापना गर्ने, गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने, सहरी तथा क्षेत्रीय अध्ययन प्रतिष्ठान (नियर्स) सँग सहकार्य गर्ने, संगठित हुनुपर्ने, महासंघले जिम्मेवार व्यावसायीको भुमिका निर्वाह गर्ने १९ बुँदै घोषणापत्र जारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .