ad ad

कारोबार


एनआईसी एसिया बैंकले भन्यो : राष्ट्र बैंकले छानबिन गरिरहेको भनेर भ्रमपूर्ण प्रचार गरियो

एनआईसी एसिया बैंकले भन्यो : राष्ट्र बैंकले छानबिन गरिरहेको भनेर भ्रमपूर्ण प्रचार गरियो

नेपालखबर
फागुन १, २०८० मंगलबार २०:२९, काठमाडौँ

एनआईसी एशिया बैंकले सो बैंकको बारेमा केही सञ्चार माध्यमहरुमा प्रकाशित भ्रामक समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकको कर्जा असुली चिन्ताजनक रहेको, बैंकलाई राष्ट्र बैंकले छानबिन गरिरहेको र सोही सन्दर्भमा नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेको राजीनामा आएको लगायतका विषयहरुमा प्रकाशित समाचार भ्रामक रहेको बैंकले स्पष्ट पारेको छ।

‘हाल यस बैंकमा नेपाल राष्ट्र बैंकको नियमित वार्षिक सुपरीवेक्षण चलिरहेको र उक्त सुपरीवेक्षण नेपाल राष्ट्र बैंकको नियमित क्यालेन्डर अन्र्तगत भएकोमा केही सञ्चार माध्यमहरुले कपोकल्पित रुपमा नेपाल राष्ट्र बैंकले यस बैंकको इन्भेस्टिगेसन गरिरहेको र सो क्रममा बैंकमा ठूला कमजोरी तथा कैफियतहरु पत्ता लगाइएको भन्ने उल्लेख गरी भ्रामक समाचारहरु प्रकाशित भएकोमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ’ बैंकले भनेको छ।

उक्त समाचारहरु सम्पूर्ण रुपमा झुठा र आधारहिन रहेको बैंकको दाबी छ।

नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेको राजीनामासँग जोडेर उनको, प्रमुख कार्यकारी अधिकृतको, अध्यक्षको, सञ्चालकहरुको र समग्र बैंक परिवारको प्रतिष्ठा, इमान्दारिता र कर्तव्यपरायणता समेतमा कपोकल्पित रुपमा हास्यास्पद टिप्पणी हुनु अत्यन्त खेदजनक रहेको भन्दै बैंकले यस्ता हास्यास्पद समाचारहरुवाट भ्रमित नहुनसमेत सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .