ad ad

कारोबार


विनोद चौधरीले अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलन होप–२०२४ मा सम्बोधन गर्ने

विनोद चौधरीले अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलन होप–२०२४ मा सम्बोधन गर्ने

फाइल तस्बिर


नेपालखबर
फागुन २, २०८० बुधबार १९:१३, काठमाडौँ

उद्योगपति एवम् नेपाली कांग्रेसका विनोद चौधरीले हस्पिटालिटी क्षेत्रको अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्मेलन होप–२०२४ मा कि नोट स्पिकरका रुपमा सम्बोधन गर्ने भएका छन्। 

१५– १६ फेब्रुअरी, २०२४ मा भारतको पर्यटकीय नगरी गोवामा हुने उक्त सम्मेलनमा विश्वभरका ख्यातीप्राप्त होटेलियर्सहरू सहभागी हुँदैछन्।

नेपालको हस्पिटालिटी इन्डष्ट्रीमा द्रुततर लगानी विस्तार गरिरहेको चौधरी ग्रुपका अध्यक्षसमेत रहेका चौधरीलाई अन्तर्राष्ट्रिय सम्मेलनमा आमन्त्रण गरिएको हो। सम्मेलनमा नेपालबाट अध्यक्ष चौधरी र सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक एवम् सिईओ राहुल चौधरीलाई आमन्त्रण गरिएको छ।

चौधरी ग्रुपले नेपालमा मेघौली सराई, भिभान्ता काठमाडौं, होटल समिट, होटल चितवन, मिराया र उन्नति कल्चरल भिलेज लगायत होटलमा लगानी गरेको छ। 

सम्मेलनमा विश्वका विख्यात हस्पिटालिटी ब्राण्डका ८० भन्दा धेरै उच्च पदस्थ पदाधिकारीले भाग लिँदैछन्। 

चौधरीले ‘हस्पिटालिटी इन्भेष्टमेन्ट एण्ड फण्डिङ आउटलुक’ बिषयमा कि नोट स्पिच दिनेछन्। 

हस्पिटालिटी इन्डष्ट्रीको विश्वब्यापी ट्रेण्ड र यसको अवस्था, ग्लोबल एण्ड डोमेस्टिक हस्पिटालिटी ट्रेण्ड र हस्पिटालिटी इन्डष्ट्रीले आगामी पाँच वर्षका लागि लिनुपर्ने रणनीति लगायतबारे अध्यक्ष चौधरीले बोल्ने छन्।

सम्मेलनमा विश्वका विख्यात हस्पिटालिटी ब्राण्डका ८० भन्दा धेरै उच्च पदस्थ पदाधिकारीहरूले भाग लिँदैछन्।

सम्मेलनमा आईएचसिएलका प्रवन्ध निर्देशक एवं सिईओ पुनित चटवाल, एकोरका सिनियर भाइस प्रेसिडेण्ट (अपरेशन, इन्डिया एण्ड साउथ एसिया) पुनित धवन, हिल्टनका भाईस प्रेसिडेण्ट क्लरेन्स टन, म्यारियट एसिया प्यासिफिकका प्रेसिडेण्ट राजिव मेनन, र्‍याडिसन होटल ग्रुपका साउथ एसिया एडभाईजर के बी कछ्रू, अक्स एयरका को–फाउण्डर आकाश घोष, ओवरेय ग्रुपका चिप अपरेटिङ अफिसर मोहित निरूला, एयर इन्डियाका सिईओ एण्ड एमडी क्याम्पबेल विल्सन, भारतका प्रख्यात कवि एवं स्क्रिप्ट राईटर जावेद अख्तर लगायत ख्यातिप्राप्त व्यक्ति सहभागी हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .