नेपाली बजारमा आज सुनको भाउ हिजो (बुधबार)कै कायम छ।
हिजो तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँ तोकिएको सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकोछ।
हिजो भने एकैदिनमा सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको थियो।
आज चाँदीको भाउ भने १० रुपैयाँले बढेको महासंघले जनाएको छ। आज तोलाको १३ सय ७५ रुपैयाँमा चाँदी कारोबार भइरहेको छ।
588
Shares
प्रतिक्रिया