ad ad

कारोबार


३० हजार मेट्रिक टन रासायनिक मल ल्याउन बोलपत्र आह्वान, खरिद रकम डलरमा

३० हजार मेट्रिक टन रासायनिक मल ल्याउन बोलपत्र आह्वान, खरिद रकम डलरमा

नेपालखबर
फागुन ३, २०८० बिहिबार १४:१९, काठमाडौँ

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३० हजार मेट्रिक टन मल ल्याउन बोलपत्र आह्वान गरेको छ। 

कर्पोरेसनले युरिया मल खरिदका लागि बोलपत्रदाताहरुलाई आह्वान गरेको हो। 

बिहीबार प्रकाशित विज्ञापनअनुसार आगामी मार्च ६ सम्म कागजात खरिद गरी बुझाउन सकिनेछ। प्राविधिक बोलपत्रका कागजात सोही दिन खोलिनेछ भने त्यसको तीन दिनपछि प्राविधिक रुपमा योग्य बोलपत्रदाताको विवरण सार्वजनिक गरिनेछ। आर्थिक बोलपत्र पेस गर्ने मिति आगामी मार्च १५ तारिखलाई तोकिएको छ। कर्पोरेसनका अनुसार सोही दिन आर्थिक बोलपत्र खोलिनेछ। 

मल खरिदमा इच्छुक खरिदकर्ताले दुईवटा बोलपत्र पेस गर्नुपर्नेछ। आफूले खरिद गरी ल्याउन चाहेको रकम बाहिर खुलाएको पाइए त्यो बोलपत्र स्वतः रद्द हुने कर्पोरेसनले जनाएको छ। खरिदकर्ताले उक्त रकम अमेरिकी डलरमा उल्लेख गर्नुपर्नेछ। 

के–के छन् अन्य शर्त? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .