ad ad

कारोबार


सेयरबजारमा २ कम्पनीको जगजगी, लगानीकर्ताले कति कमाए?

सेयरबजारमा २ कम्पनीको जगजगी, लगानीकर्ताले कति कमाए?

नेपालखबर
फागुन ६, २०८० आइतबार १५:१३, काठमाडौँ

बजारमा आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो। 

अघिल्लो हप्तादेखि नै यी दुई कम्पनीको सेयर मूल्य बढिरहेको छ। कम्पनीको सेयर मूल्य बढ्दा लगानीकर्तालाई पनि राम्रै प्रतिफल प्राप्त भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन बोटलर्स नेपालका लगानीकर्ताले प्रतिकित्ता ९ सय ३१ रुपैयाँ १० पैसा आम्दानी गरेका छन्। योसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० हजार २ सय ४२ रुपैयाँ ९० पैसा कायम भएको छ। 

यता समाज लघुवित्तका लगानीकर्ताले पनि प्रतिकित्ता १४८.६० पैसा आम्दानी गरेका छन्। योसँगै कम्पनीको सेयर मूल्य आइतबार १ हजार ६ सय ३५ रुपैयाँ २० पैसा पुगेको छ। 

यसबाहेक आइतबार किसान लघुवित्त, युनियन हाइड्रोपावर र आशा लघुवित्तका सेयरधनीले पनि क्रमशः ८.२२, ६.६५ र ६.०४ प्रतिशत प्रतिसेयर आम्दानी गरेका छन्। यी कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता क्रमशः ९१९.९०, २८०.५० र ७१०.५० रुपैयाँ छ। 

आइतबार २१ कम्पनीको सेयर मूल्य बढेको छ।  

सूचक घट्यो, कारोबार कति? 
यता पहिलो कारोबार दिन नै बजार परिसूचक नेप्से भने २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा झरेको छ। 

१.३१ प्रतिशतले घटेको बजारमा आइतबार कुल ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ। 

आज कुल १ करोड बढी कित्ता सेयर बिक्री भएको थियो। आइतबारको कारोबारमा कमाउनेभन्दा गुमाउने धेरै छन्। २२५ कम्पनीको सेयर मूल्य घट्दा गुमाउने लगानीकर्ता धेरै भएका हुन्। दुई वटा कम्पनीको भने सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन। लगानीकर्ताले आइतबारको कारोबारमा ८.२१ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ। 

सर्वाधिक कारोबारमा भने आज पनि हिमालयन रि इन्स्योरेन्स नै अगाडि छ। ६४५.१० रुपैयाँ प्रतिकित्ता मूल्य पुगेको कम्पनीको कुल ४० करोड ९० लाख रुपैयाँको कारोबार भएको हो। 

दोस्रो सर्वाधिक कारोबार गरेको एनआईसी एसिया बैंकको १३ करोड र जोशी हाइड्रोको १० करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। कारोबार अवधिमा ९७ हजार १ सय ५ पटक सेयर खरिदबिक्री भएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .