ad ad

राजनीति


मन्त्रिपरिषद् बैठक साँझ बस्दै, के छन् एजेन्डा?

मन्त्रिपरिषद् बैठक साँझ बस्दै, के छन् एजेन्डा?

फाइल तस्बिर


नेपालखबर
फागुन ६, २०८० आइतबार १५:२१, काठमाडौँ

मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ। 

साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने भएको हो। 

बैठकमा सरकारको कार्यशैलीलगायत विभिन्न एजेन्डाबारे छलफल हुनेछ। 

आजै बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षीसहितका केही दलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र संस्कृतिमन्त्री सुदन किरातीको राजीनामा माग गरेका थिए। 

सम्भवतः उक्त बैठकमा यसबारे छलफल हुनसक्ने स्रोतले जानकारी दिएको छ। त्यसबाहेक नियमित रुपमा मंगलबार बस्ने बैठक आइतबार नै बस्ने भएकाले केही महत्त्वपूर्ण निर्णय समेत हुनसक्ने स्रोतले बतायो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारको संसद् बैठकमा पुस १३ गते भएको बालकुमारी घटनाबारेको फाइल अध्ययनपछि आजैको मन्त्रिपरिषद्का उचित निर्णय लिइने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .