ad ad

कारोबार


सेयरबजारमा झण्डै ३२ खर्बको पुँजीकरण, १० खर्बको तरलता

सेयरबजारमा झण्डै ३२ खर्बको पुँजीकरण, १० खर्बको तरलता

नेपालखबर
फागुन ८, २०८० मंगलबार १५:३३, काठमाडौँ

नेपालको सेयरबजारको कुल बजार पुँजीकरण ३१ खर्ब १३ अर्ब पुगेको छ। मंगलबारको कारोबार सकिएसँगै कुल बजार पुँजीकरण उक्त आकारको पुगेको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजारमा तरलता १० खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ। 

नेप्सेका अनुसार मंगलबार १.७६ अंकले सूचक घटेर २०३३.०६ विन्दुमा छ। आज ९ वटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबदल नहुँदा ९० वटाको बढेको र १५० वटाको घटेको छ। 

मंगलबार पनि बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। 

बोटलर्स नेपालका लगानीकर्ताले एकैदिन १०२४.२० रुपैयाँ र समाजका लगानीकर्ताले १६३.५० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। अन्य कम्पनीका लगानीकर्ताले भने धेरै कमाउन सकेका छैनन्। 

यता आज ग्रिनलाइफ हाइड्रोका लगानीकर्ताले भने २४.३० रुपैयाँ प्रतिकित्ता नोक्सानी व्यहोरेका छन्। कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको हो। 

कुल कारोबारमा भने हिमालयन रि इन्स्योरेन्स अगाडि छ। कम्पनीको ३१ करोडको कारोबार भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .